फेरि आन्दोलनमा उत्रिँदै बन्चरेडाँडावासी : फोहोर बोकेका गाडी रोक्ने तयारी

काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल क्षेत्रका बासिन्दाले फेरि आन्दोलन गर्ने भएका छन् । स्थानीयवासीसँग केन्द्र सरकार, काठमाडौं महानगरपालिका र अरू स्थानीय तहले गरेको सहमति कार्यान्वयन...

सम्बन्धित सामग्री

काठमाडौंबाट फोहोर बोकेर २८४ गाडी पुगे बञ्चरेडाँडा

काठमाडौं महानगरपालिकाको फोहोर बोकेर २८४ गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले सामाजिक सञ्जाल मार्फत बताएका हुन् । उनले लेख्छन्,'सडकमा अहिले भइरहेको सम्पुर्ण अवरोधहरु हटेका छन् । आज मात्रै २८४ गाडी फोहोर बन्चरे पुगेका छन् । यहि कायम रहिरहेमा केहि दिनमा नै सबै फोहोर उठिसक्ने छ ।'

आज पनि बाटोमै रोकिए फोहोर बोकेका गाडी

काठमाडौं : काठमाडौं उपत्यकाबाट फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडी नुवाकोटको आलेटार र सिसडोलमा रोकिएको छ। बञ्चरेडाँडा वरपरका स्थानीय बासिन्दाले फोहोर विसर्जनमा अवरोध गरेसँगै फोहोर रोकिएको महानगरपालिकाले जनाएको छ।अगाडि पछाडि प्रहरीका गाडी पनि छन्। तर स्थानीयको अवरोधका कारण गाडी अघि बढ्न नसकेका हुन्। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार  स्थानीय बासिन्दा हातमा ढुंगा बोकेर डाँडामा बसेका छन्। काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार

फोहोर व्यवस्थापनमा पुनः अवरोध, फोहोर बोकेका गाडी तीनपिप्लेमा रोकिए

काठमाडौं उपत्यकाको फोहोर लिएर आज बिहान बञ्चरेडाँडा ल्यान्डफिल साइट जाँदै गरेका गरेका गाडी पुनः रोकिएका छन् ।  तारकेश्वर नगरपालिका– ३ को तीनपिप्लेबासीले सडक अवरुद्ध गरेपछि फोहोर लिएर गएका गाडी रोकिएका हुन्...

फोहोर बोकेका गाडी तोडफोड व्यवस्थापनमा थप अन्योल

काठमाडौं, साउन २५। बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा सोमबार राति अज्ञात समूहले काठमाडौंबाट फोहोर बोकेर गएका १४ वटा गाडी तोडफोड गरेपछि व्यवस्थापनमा थप जटिलता थपिएको छ। राजधानीको फोहोर विसर्जनका लागि बञ्चरेडाँडा जाँदै गरेका गाडी तोडफोड गरिएको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर बोकेका गाडी तोडफोड गरेर समस्या थप जटिल बनाउन खोजेको देखिएको बताएका छन्। […]

फोहोर बोकेर बन्चरेडाँडा पुगेका १८ गाडी तोडफोड

काठमाडौँ – काठमाडौँ उपत्यकाकाे फोहोर लिएर गएका १८ गाडी बन्चरेडाँडामा तोडफोड गरिएको छ। गएराति बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर विसर्जनका लागि पुगेका गाडी तोडफोड भएका छन्। फाेहाेर लिएर त्यहाँ पुगेका ती गाडी कस्ले ताेडफाेड गर्याे भन्नेबारे पत्ता लागेको छैन। ल्यान्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठलेका अनुरसार हालसम्म १८ वडा गाडी तोडफोड भएको अवस्थामा छन्। पाेहाेरकाे […]

काठमाडौँको फोहोर बोकेका गाडी अज्ञात समूहद्वारा तोडफोड

काठमाडौँ । काठमाडौँको फोहोर बोकेका गाडी अज्ञात समूहले तोडफोड गरेको छ । सिस्डोल-बञ्चरेडाँडा सडक खण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेका हुन् । काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग भएका तीनवटा डोजर तोडफोड भएको बताए । फोहोर बोकेका गाडी […]

बञ्चरेडाँडाका स्थानीयले फेरि रोके फोहोर बोकेका गाडी

काठमाडौं : काठमाडौंबाट फोहोर बोकेर गएका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले फेरि पनि रोकेका छन्। फोहोर बोकेर गएका गाडीलाई स्थानीयले पूर्व-सूचनाबिना नै रोक लगाएको  काठमाडौं  महानगरपालिकाले जनाएको छ। महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयले रोकेका कारण फोहोर बञ्चरेडाँडा पुग्न नसकेको  काठमाडौं महानगरपालिकाका वातावरण विभागकी प्रमुख सरिता राईले जानकारी दिइन्।ल्यान्डफिल साइड जाने सडकका कारण एक हप्तादेखि  उपत्यकाको फोहोर रोकेको थियो।  बुधबार सडक मर्मत गर

फेरि रोके बञ्चरेडाँडाका स्थानीयले काठमाडौँको फोहोर बोकेका गाडी

काठमाडौँ । काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले रोकेका छन् । काठमाडौँ महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईका अनुसार फोहोर बोकेर बञ्चरेडाँडामा गइरहेका गाडीलाई अवरोध गरेपछि बाटोमै गाडीको लाइन लागेको छ । महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयले रोकेका कारण फोहोर बञ्चरेडाँडा पुग्न नसकेको भट्टराईले बताए । काठमाडौँ महानगरपालिकाले […]

बन्चरेडाँडामा फोहोर फाल्न गएनन् आज गाडी

काठमाडौं, २६ जेठ । काठमाडौंबाट फोहोर फाल्न आज गाडी जान सकेका छैनन् । सुरक्षाको ग्यारेन्टी नभएपछि गाडी नगएका हुन् । सुरक्षा व्यवस्था मिलाएर गाडी पठाउने व्यवस्था गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । डाँडामा बसेर स्थानीयले प्रहरीलाई ढंगामुढा गरेपछि बुधबार फोहोर लिएर गएका गाडीहरु फोहोर नखसाली फर्केका थिए । हिजोको झडपमा चारजना प्रहरी र केही स्थानीयहरु […]

बन्चरेडाँडा जान सकेनन् फोहोर बोकेका गाडी

२५ जेठ, काठमाडौं । काठमाडौंको फोहोर बिहीबार विहान बञ्चरेडाँडा ल्याण्डफिल साइट गएका छैनन् । सुरक्षाको प्रत्याभूति नभएपछि फोहोरका गाडी पठाउने/नपठाउनेबारे अन्योल भएको छ । प्रहरीहरु नै घाइते हुने गरी झडप भएपछि बुधबार गएका गाडी फोहोर नखसाली काठमाडौैं आएका थिए । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटा गाडी नै तोडफोड भएकाले सुरक्षाको थप व्यवस्था गरेर […]