मिटरब्याजपीडित ३८ दिनदेखि सडकमा : संसद्मा चर्को प्रस्तुति, सडकमा चरम बेवास्ता

करिब १२ सय मिटरब्याजपीडित बिहीबार दिउँसो सडकमा मार्चपास गरिरहँदा  बानेश्वरस्थित संघीय संसद्को प्रतिनिधिसभामा चर्को बहस चलिरहेको थियो । प्रतिपक्ष मात्र होइन, सत्तापक्षकै नेताहरूको पनि एउटै बोली थियो– मिटरब्याजपीडितमाथि अन्याय भइरहेको छ । तर, ३८ दिनदेखि सडकमा रहेका उनीहरूको माग सम्बोधन गर्ने विषयमा कुनै ठोस प्रस्ताव तयार भएको छैन ।

सम्बन्धित सामग्री

साम्प्रदायिक गालीगलोज भारतीय संसद्मा पुग्नुको अर्थ

यदि तिमी सडकका मानिसको नेता बन्न चाहन्छौ भने तिमीले सडकछाप भाषा बोल्नुपर्नेछ :  गोयबल्स कुनै राजनेताको भाषणको मूल्य कुनै प्राध्यापकमाथि पर्ने प्रभावमा नभई सडकमा हिँड्ने आममानिसमा पार्ने प्रभावले तय गर्छ :...

काँग्रेस नेता गान्धी पक्राउ

'बढ्दो महँगो र बेरोजगारीका बारेमा संसद्मा बोल्न पाइदैन, सडकमा धर्ना बस्दा प्रहरीले गिरफ्तार गर्छ,' प्रहरी हिरासतमा परेपछि राहुल गान्धीले भनेका छन्।...

हदम्याद हटाउने कि बढाउने? बहसले तात्यो सडक र सदन

काठमाडौं : यौनजन्य हिंसासम्बन्धी कसूरमा हदम्याद बढाउने कि हटाउने भन्ने प्रश्नले सदन र सडकलाई तताएको छ। गत हप्ताको सङ्घीय संसद्मा विधायकले बलात्कार मुद्दामा जाहेरी दिने हदम्याद राख्नुपर्ने, बढाउनुपर्ने र राख्नै नहुनेमा आ–आफ्ना भनाइ प्रस्तुत गरेका थिए। सडकमा भने यौन हिंसाजस्तो गम्भीर प्रकृतिको कसूरमा जाहेरी दिने हदम्याद राख्नै नहुने चर्को आवाज…

भीम रावललाई गगन थापाको चुनौति : सडकमा बहस गर्ने कि संसद्मा ?

नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाले नेकपा एमालेका नेता भीम रावललाई एमसीसीबारे आफूसँग बहस गर्न संसदबाटै चुनौती दिएका छन् ।एमसीसी सम्झौताको व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै थापाले एमसीसीको विरोधमा रहेका रावललाई चुनौती दिएका हुन् । रावलले छलफलमा भाग लिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई आधा घण्टा बहस गर्न चुनौती दिएका थिए । जवाफमा थापाले रावललाई नै चुनौती दिँदै भने, ‘माननीयजीले चुनौती दिनुभएको छ, तपाईको चुनौती म स्वीकार गर्छु । सडकमा बहस गर्ने कि संसदमा ?

एमसीसीको अर्थहीन विरोधले नेपाललाई नै घाटा

अमेरिकी आर्थिक सहायता सम्झौता एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेसन) आइतबार प्रतिनिधिसभा संसद्मा पेस भएको छ । सरकारका तर्फबाट सम्झौता संसद्मा टेबल हुँदै गर्दा सडकमा भने विभिन्न दलका कार्यकर्ताले एमसीसीका विरुद्ध चर्को नाराबाजी मात्र गरेनन्, ढुंगामुडा नै गर्न भ्याए । नेपालको विकासका लागि महत्वपूर्ण हुने भनिएको अनुदान सहायता सम्झौताको विषयमा अहिले मुलुक विभाजित भएको छ । एक […]

एमसीसीलाई लिएर नेताहरूका व्यक्तिगत कुण्ठा सडकमा छताछुल्ल नपारौंः राजकिशोर यादव

काठमाडौं, ९ फागुन । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले लामो किचलो र वादविवाद पार गर्दैं एमसीसी संसद्मा पेस हुनु खुसीको कुरा भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “एमसीसी अमेरिकी सरकारद्वारा नेपालको विकासका लागि दिएको विशुद्ध आर्थिक अनुदान […]

बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश हुँदै

काठमाडौं । सरकारले बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक संसद्मा पेश गर्न लागेको हो । प्रतिपक्षको अवरोध नभए भदौ २४ (बिहीवार) नै उक्त विधेयक संसद्मा पेश गर्ने तयारी अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् । मन्त्रालय स्रोतका अनुसार पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक तयारी अवस्थामा राखिएको छ । अध्यादेशमा उल्लिखित बजेटको आकारसमेत प्रतिस्थापनमार्फत परिवर्तन गर्ने अर्थको तयारी छ । ओली नेतृत्वको पूर्ववर्ती सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । ओली सत्ताच्युत भएपछि बनेको वर्तमान सरकारले उक्त अध्यादेशलाई प्रतिस्थापन गर्नेगरी विधेयक ल्याउने तयारी गरेको हो । विधेयक दर्ता भएको १ साताभित्रै आवश्यक छलफल गरी विधेयक स्वीकृत गराउने सरकारको योजना छ । तयार गरिएको विधेयक संसद्मा पेश गर्नुअघि सरकारले प्रतिपक्षी दल नेकपा (एमाले) का गतिविधि आकलन समेत गर्दै छ । ‘आज (बुधवार) बस्ने संसद् बैठकमा उक्त दलको गतिविधि हेर्ने र बिहीवार संसद्मा विधेयक दर्ता गराउने तयारी छ,’ मन्त्रालयले स्रोतले भन्यो । आफू सरकारमा रहँदा ल्याएको बजेट अध्यादेश विस्थापित गर्न प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै विरोध गरिरहेको एमाले संसद्मा आक्रामक तरीकाले प्रस्तुत हुने संकेत देखाइसकेको छ । ओली नेतृत्वको सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत पूर्वतयारी र बजेट नै सुनिश्चित नगरी अघि बढाएको २ हजारभन्दा बढी सडकमा नयाँ ठेक्का लगाउन वर्तमान सरकारले रोकिसकेको छ । आफूले ल्याएको बजेट र योजना नै रोकिएकोप्रति एमाले असन्तुष्ट छ । प्रतिस्थापन विधेयकमार्फत त्यस्ता आयोजना अघि नबढाउने सरकारको तयारी रहेको अर्थ स्रोत बताउँछ । यसले प्रतिपक्ष दल एमाले झन् रुष्ट हुने देखिएको छ । यसको संकेत सरकारले पाइसकेको छ । सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले अघिल्लो सरकारले ल्याएको बजेटलाई परिमार्जन गरेर सरकारले प्रतिस्थापन विधेयक ल्याउन लागे पनि एमालेले त्यसलाई ‘स्वीकार गर्न नसकिने’ भनेको बताएका छन् । हालैको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यसबारे खुलाए । मन्त्री कार्कीले अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जनसहित पारित गर्न प्रतिस्थापन विधेयक तयार गरिएको र विधेयक संसद्बाट पारित गर्ने विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको जानकारी दिएका थिए । केही दिन अगाडि आफूले एमाले अध्यक्ष ओलीलाई भेटेर संसद्का केही नियम निलम्बन गरेर बजेट पारित गर्ने प्रस्ताव राखेको उनको भनाइ थियो । तर, ओलीले भने प्रतिस्थापन विधेयक पारित गर्न नमानेको कार्कीको भनाइ छ । ‘बजेटको प्रतिस्थापन विधेयक पारित गर्न संसद्को केही नियम निलम्बन गरौं भनेको एमाले तयार भएन,’ कार्कीले भने, ‘२३ गतेदेखि संसद् शुरू हुँदै छ, मलाई आश छ, हामी बजेट पारित गर्छौं,’ साउनदेखि कार्यान्वयनमा जानुपर्ने बजेट संसद्बाट पारित भइसकेको छैन । अघिल्लो सरकारले संवैधानिक व्यवस्थाअनुसार बजेट आउनुभन्दा केही दिनअघि प्रतिनिधिसभा विघटन गर्दै अध्यादेशबाट बजेट ल्याएको थियो । त्यसपछि सर्वोच्चको आदेशले सरकार हेरफेर भयो र अध्यादेश बजेट कार्यान्वयन हुन सकेको छैन ।

महामारीको आडमा लुटतन्त्रको अभ्यास

पुनर्स्थापित संसद्मा छिर्दै नछिरेका प्रधानमन्त्री महामारीको बेवास्ता गर्दै सडकमा शक्ति प्रदर्शनमा लागे  मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को शपथग्रहणमा शपथकर्ताले नै शपथको व्यहोरामा इतिहासमा पहिलोपटक विवाद उठाएर भाषा काटकुट गर्दै र विश्वव्यापी...

‘संसद्मा नसुने सडकमा आउँछौं’

नेपाली कांग्रेसका नेता गगन थापाले संसद्मा कांग्रेसले उठाएका सवालहरुलाई बेवास्ता गरे सडक आन्दोलनमा उत्रने बताएका छन् । मंगलबार प्यूठान विजयनगरमा भएको जनसभालाई सम्बोधन गर्दै उनले संसद्मा पेश भएका विधेयकहरु बहुमतको दम्भमा पास गर्ने तयारीमा सरकार लागेकोले यसका विरुद्ध नेपाली कांग्रेस सडक आन्दोलनमा जाने बताए । “