नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाले नेकपा एमालेका नेता भीम रावललाई एमसीसीबारे आफूसँग बहस गर्न संसदबाटै चुनौती दिएका छन् ।एमसीसी सम्झौताको व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै थापाले एमसीसीको विरोधमा रहेका रावललाई चुनौती दिएका हुन् । रावलले छलफलमा भाग लिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई आधा घण्टा बहस गर्न चुनौती दिएका थिए । जवाफमा थापाले रावललाई नै चुनौती दिँदै भने, ‘माननीयजीले चुनौती दिनुभएको छ, तपाईको चुनौती म स्वीकार गर्छु । सडकमा बहस गर्ने कि संसदमा ?