एनआरएनएले अब डलर खाता खोल्न पाउने

गैरआवासीय नेपाली (एनआरएनए) ले अब नेपालमा डलर खाता खोल्न पाउने भएका छन् । मंगलबार राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी दिएका हुन् । सोबारे बोल्दै मन्त्री शर्माले वित्तीय परिचालनका लागि डलरमै डिपोजिट र वीथड्र गर्न मिल्ने गरी एनआरएनएहरुलाई खाता खोल्ने सुविधा प्रदान गर्ने सरकारको तयारी रहेको बताए ।यस्तो व्यवस्था विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न पनि गर्नुपर्ने मन्त्री शर्माको भनाइ छ ।

सम्बन्धित सामग्री

एक लाख एनआरएनले नेपाली बैंकमा खाता खोलिदिनुस्, तरलताको अभाव हुन्न: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन्।...

एनआरएनएका प्रत्येक सदस्यले कम्तीमा एक हजार डलर नेपाल पठाउने तयारी

काठमाण्डौ – विदेशी मुद्राको सञ्चिती घटेर देशमा देखिएको आर्थिक सङ्कटलाई मध्यनजर गर्दै गैर आवासीय नेपालीहरू नेपालका बैङ्कहरूमा डलर खाता खोली प्रत्येकले एक हजार डलर पठाउने तयारीमा जटेका छन् । भोलि अर्थमन्त्री, गभर्नर र अर्थविदहरुसहितको उपस्थितिमा जुममा एक अन्तर्क्रिया कार्यक्रम गरी विदेशमा रहेका सबै गैर आवासीय नेपालीलाई नेपालका कुनै पनि बैङ्कमा  डलर खाता खोल्न अनुरोध गरी कम्तीमा एक हजार डलर पठाउन अनुरोध गर्ने तयारी रहेको गैर आवासीय नेपाली सङ्घ(एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ ।  देशम...

एनआरएनलाई डलर खाता : राष्ट्र बैंकमै छैन डलर खाताको तथ्यांक

चैत १५,  काठमाडौं । सरकारले गैर आवासीय नेपाली (एनआरएन) हरूलाई डलर खाता खोल्न आग्रह गरे पनि अहिलेसम्म कति डलर खाता खुुले भन्ने आधिकारिक तथ्यांक भने छैन । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) २०७८/ ७९ को त्रैमासिक समीक्षामार्फत डलर खाता खोल्ने नीति ल्याएसँगै अधिकांश वाणिज्य बैंकहरूले यस्ता खाता खोल्न शुुरू गरिसकेका छन् । तर, हालसम्म बैंकहरूमा कति डलर खाता खुले र यी खातामा कति डलर जम्मा भयो भन्ने यकिन तथ्यांक भने छैन ।  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्ट हालसम्म राष्ट्र बैंकले डलर खाता कति खुले भनेर तथ्यांक नराखेको बताउँछन् । डलर खातालाई पनि निक्षेप खातामा नै गणना गर्ने गरिएको उनको भनाइ छ । ‘छुट्टै डलर खाता भनेर हामीले छुट्याएका छैनौं । बैंकहरूले निक्षेप खातामा डलर खाताहरू गणना गर्ने गरेका छन्’, उनले भने ।  बैंकमा धेरै यस्ता खाता नखुलेकाले पनि रेकर्ड नमागिएको भट्टको भनाइ छ ।  अर्थमन्त्री जनार्दन शर्माले गत पुस अन्तिम साता एनआरएनले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लागनी र रोजगारी बढ्ने भन्दै डलर खाता खोल्न आग्रह गरेका थिए । तर, यस्ता खाता कति खुले भनेर हालसम्म अर्थमन्त्री शर्माले पनि चासो देखाएका छैनन् । नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत गत मंसिरमा एनआरएनले डलर खाता खोल्न मिल्ने व्यवस्था गरेको थियो । एनआरएनले न्यूनतम ५ हजार अमेरिकन डलर राखेर नेपाली बैंकमा खाता खोल्न सक्ने व्यस्था गरिएको छ ।  यसका लागि गैर आवासी नेपालीको नाममा खाता खोल्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको अद्यावधिक परिचय पत्रको प्रतिलिपी पेश गर्नु पर्ने व्यवस्था छ । तर, विदेशी मुद्रा सञ्चितिलाई सहयोग पुगोस भनेर राष्ट्र बैंकले यो व्यवस्था गरेको भने पनि डलर खाता कति खुले, विदेशी सञ्चितिमा कति सहयोग पुग्यो भन्ने तथ्यांक नहुनु सरकारको काम गर्ने र कुरा गर्ने प्रवृतिमा फरकपन देखिएको जानकार बताउँछन् ।  राष्ट्र बैंकका अनुसार चालू आव (आव) २०७८/७९ को माघसम्म निक्षेप खाता जनसंख्याभन्दा बढी खुलेका छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार नेपालको जसंख्या २ करोड ९१ लाख ९२ हजार ४८ पुगेको छ । तर, निक्षेप खाता खोल्नेको संख्या चालू आवको माघसम्ममा ४ करोड १७ लाख ४२ हजार ९७९ पुगेको छ । त्यसैरी कर्जा खाता खोल्नेको संख्या पनि १८ लाख ७ हजार ७५२ पुुगेको छ ।

विदेशी मुद्रामा बैंक खाता खोल्ने सीमा घट्यो, अब एक हजार डलरमै खाता खोल्न सकिने

१८ फागुन, काठमाडौं । विदेशी मुद्रामा बैंक खाता खोल्नका लागि चाहिने न्यूनतम रकमको सीमा घटाइएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गर्दै गैरआवासीय नेपालीहरुले विदेशी मुद्रामा बैंक खाता खोल्न चाहिने न्यूनतम रकमको सीमा घटाएको हो । राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार अब गैर आवासीय नेपालीहरुले एक हजार […]

एनआरएनलाई नेपालमा डलर खाता खोल्न सहज,राष्ट्र बैंकले घटायो न्युनतम निक्षेपको सीमा

गैर आवासीय नेपालीले नेपालको बैंक तथा वित्तीय संस्थामा  न्युनतम १ हजार डलर राख्न  पाउने भएका छन् । राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै न्युनतम संकलन गर्नु पर्ने निक्षेपको सीमा घटाएको हो । यस अघि गैर–आवासीय नेपालीहरूले न्यूनतम अमेरिकी डलर पाँच हजार निक्षेप राख्नु पर्ने ब्यबस्था थियो  । अब भने त्यसलाई घटाएर १ हजार डलर कायम गरिएको हो  । त्यस्तै न्युनतम मौज्दात १ हजार डलर हुनु पर्ने छ । यस अघि ५ हजार डलर न्युनतम मौज्दात हुनु पर्न  ब्यबस्था थियो ।त्यस्तै अब गैर-आवासीय नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा देहायबमोजिमका कुनै एक कागजातको प्रतिलिपि लिनु पर्नेछ: (क) नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर-आवासीय नेपालीको अद्यावधिक परिचयपत्र, (ख) गैर-आवासीय नेपाली संघबाट जारी भएको अद्यावधिक परिचयपत्र र सम्बन्धित व्यक्तिको राहदानी (स्वेदशी वा विदेशी), (ग) साबिकमा स्वयम् वा निजको बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि दक्षिण एशियाली क्षेत्रीयसहयोग संगठन (सार्क) को सदस्य मुलुक बाहेक अन्य मुलुकको नागरिकता लिएको भए विदेशी राहदानी/नागरिकता सहित त्यस्तो प्रमाणित हुने कागजात।साथै, माथि (क), (ख) वा (ग) उल्लिखित कुनै एक कागजात सहित नाता प्रमाणित हुने कागजातको आधारमा नाबालकको नाममा समेत यस्तो खाता खोल्न तथा सञ्चालन गर्न सकिने छ ।

एनआरएनले खोल्लान् नेपाली बैंकमा डलर खाता ?

२२ मंसिर, काठमाडौं । गैरआवासी नेपालीहरु (एनआरएन) हरुलाई नेपाली बैंकहरुमा विदेशी मुद्रामा खाता खोल्न सकिने व्यवस्था गरेको छ । विदेशी मुद्रा सञ्चितिको अवस्था नाजुक बनेका बेला गरिएको यो व्यवस्थाले देशको अर्थतन्त्र र गैरआवासीय नेपालीहरु दुवैलाई फाइदा हुने विश्वास सरकारको छ । तर, एनआरएनहरुले सरकारले अपेक्ष गरेअनुसार डलर जम्मा गर्छन् भन्नेमा आशंकाहरु भने छन् । नेपाल […]

एनआरएनलाई डलर खाता खोल्न दिनेबारे छलफल हुँदैछः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको बताएका छन् ।उनले सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिने बारे छफलफल भइरहेको बताए । “सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्न एनआरएनहरूले डलर खाता खोल्न पाउने बारे हाम्रो कुरा भइरहेको छ”, मन्त्री शर्माले भने, “उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र […]

गैरआवासीय नेपालीलाई डलर खाता खोल्न दिने तयारीमा सरकार

काठमाडौं । सरकार गैरआवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने तयारीमा जुटेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार विभिन्न देशमा छरिएर रहेका गैरआवासीय नेपालीहरूलाई डलर खाता खोल्न दिने’bout छलफल भइरहेको जानकारी दिएका हुन् । नेपाल राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्था’bout समीक्षात्मक कार्यक्रममा उनले यस्तो जानकारी गराएका हुन् । उनले सञ्चितिको अवस्थालाई सन्तुलनमा […] The post गैरआवासीय नेपालीलाई डलर खाता खोल्न दिने तयारीमा सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

डलर खाताको अनुमति दिनेबारे छलफल भइरहेको छः अर्थमन्त्री शर्मा

काठमाडौँ– गैरआवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन्। मङ्गलबार राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारेको समीक्षात्मक कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिनेबारे छफलफल भइरहेको बताएका हुन्। ‘सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्नको लागि एनआरएनले डलर खाता खोल्न पाउनेबारे हाम्रो कुरा […]