एनआरएनलाई डलर खाता खोल्न दिनेबारे छलफल हुँदैछः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको बताएका छन् ।उनले सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिने बारे छफलफल भइरहेको बताए । “सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्न एनआरएनहरूले डलर खाता खोल्न पाउने बारे हाम्रो कुरा भइरहेको छ”, मन्त्री शर्माले भने, “उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र […]

सम्बन्धित सामग्री

नेपालको अर्थव्यवस्थाको तुलना श्रीलंकासँग हुनै सक्दैन  : अर्थमन्त्री शर्मा

वैशाख ५, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले श्रीलंकाको अर्थव्यवस्थासँग नेपालको तुलना हुनै नसक्ने बताएका छन् । नेपाल उद्योग परिसंघ (सिएनआई) को अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलसँथ सोमवार  मन्त्रालयमा  भएको भेटमा अर्थमन्त्री शर्माले भने,  ‘नेपाल र श्रीलंकाको तुलनै हुँदैन, आफूले बारम्बार भन्दै आएको छु । ’ उनले भने, ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतीकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्दा पनि बनाएका छन् ।‘ उनले परिसंघको टोलीसँगको भेटमा श्रीलंकासँग नेपालको तुलना नै गलत भएको बताए । उनले यथार्थमा नेपालको अर्थव्यवस्था श्रीलंकाको जस्तो नभएको र आफूहरुले श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेको बताए । उननले आगामी आब ०७९/ ८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन  गरी नजिता देखिने गरी सुधार गर्ने पनि बताए । उक्त प्रतिनिधि मण्डलले आयातमा प्रतिबन्ध नलगाउन सुझाव दिएको छ। साथै उसले विदेशी मुद्राको सञ्चितिमा परेको चापबाट माथि उठ्नका लागि आयातमा प्रतिवन्ध लगाउनुको सट्टा करको दर बढाउन र आयातका लागि लिइने ऋणको ब्याजदरसमेत हेरफेर गर्न सुझाव दिएको छ । सो भेटमा सिएनआईमा आवद्ध उद्योगी अनुज अग्रवालले देशको बर्तमान आर्थिक अवस्थाबारे प्रस्तुती दिदै बिदेशी मुद्राको सञ्चितीमा परेको चापलाई कम गर्ने र तरलता संकटलाई माथि उठाउने दुई मुख्य बिषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नु तर्कसंगत नभएको बताएका  थिए । नेपालको कुल गार्हस्थ उत्पादन ३३ दशमलव ६५ बिलियन डलर र श्रीलंकाको कुल गार्हस्थ उत्पादन ८० दशमलव ७ बिलियन डलर रहेको सिएनआईको कार्यपत्रमा उल्लेख छ । त्यस्तै नेपालको वास्तविक ऋण १४ दशमलव ५६ बिलियन डलर र श्रीलंकाको ८९ दशमलव ५ बिलियन डलर रहेको, जीडीपीमा बास्तविक ऋणको हिस्सा नेपालको ४३ प्रतिशत र श्रीलंकाको १११ दशमलव ४२ प्रतिशत रहेको, कुल बैदेशिक मुद्रा सञ्चितितर्फ नेपालको ९ दशमलव ५८ अर्ब डलर र श्रीलंकाको १ दशमलव ९४ बिलियन डलर मात्रै रहेको कार्यपत्रमा उल्लेख छ ।  त्यस्तै अन्तर्राष्ट्रिय मूल्य श्रृङ्खलामा परेको प्रभावका कारण नेपालको मुद्रास्फीति ७ दशमलव १ प्रतिशत र श्रीलंकाको २५ प्रतिशत विन्दुमा पुगेको पनि उल्लेख छ । अर्थतन्त्रको परिदृश्य देखाउने मुख्य–मख्य सूचकाङ्कमा नेपालको अर्थतन्त्र श्रीलंकाको भन्दा धेरे मजबुत रहेको उनले बताए ।  आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आइसकेको बताउँदै सिएनआईका  अध्यक्ष अग्रवालले पूर्वाधार निर्माण र पर्यटनलाई आकर्षित गर्ने प्याकेजहरु धमाधम घोषणा गर्नुपर्ने बताए । उनले सुनमा आधारित ऋणपत्र जारी गर्न, रेमिट्यान्सको निक्षेपमा अतिरिक्त २ प्रतिशत ब्याजदर दिन, गैरआवासिय नेपाालीलाई डलरमा खाता खोल्न आकर्षित गर्नुपर्नेलगायतका सुझाव दिए ।

डलर खाताको अनुमति दिनेबारे छलफल भइरहेको छः अर्थमन्त्री शर्मा

काठमाडौँ– गैरआवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन्। मङ्गलबार राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारेको समीक्षात्मक कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिनेबारे छफलफल भइरहेको बताएका हुन्। ‘सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्नको लागि एनआरएनले डलर खाता खोल्न पाउनेबारे हाम्रो कुरा […]

गैरआवासीय नेपालीलाई डलर खाता खोल्न दिनेबारे छलफलमा छौं : अर्थमन्त्री शर्मा

एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदूपयोग गर्न सकिने उहाँले बताउनुभयो ।