काठमाण्डौ – विदेशी मुद्राको सञ्चिती घटेर देशमा देखिएको आर्थिक सङ्कटलाई मध्यनजर गर्दै गैर आवासीय नेपालीहरू नेपालका बैङ्कहरूमा डलर खाता खोली प्रत्येकले एक हजार डलर पठाउने तयारीमा जटेका छन् ।
भोलि अर्थमन्त्री, गभर्नर र अर्थविदहरुसहितको उपस्थितिमा जुममा एक अन्तर्क्रिया कार्यक्रम गरी विदेशमा रहेका सबै गैर आवासीय नेपालीलाई नेपालका कुनै पनि बैङ्कमा डलर खाता खोल्न अनुरोध गरी कम्तीमा एक हजार डलर पठाउन अनुरोध गर्ने तयारी रहेको गैर आवासीय नेपाली सङ्घ(एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ ।
देशम...