विदेशी मुद्रामा बैंक खाता खोल्ने सीमा घट्यो, अब एक हजार डलरमै खाता खोल्न सकिने

१८ फागुन, काठमाडौं । विदेशी मुद्रामा बैंक खाता खोल्नका लागि चाहिने न्यूनतम रकमको सीमा घटाइएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गर्दै गैरआवासीय नेपालीहरुले विदेशी मुद्रामा बैंक खाता खोल्न चाहिने न्यूनतम रकमको सीमा घटाएको हो । राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार अब गैर आवासीय नेपालीहरुले एक हजार […]

सम्बन्धित सामग्री

कृषि विकास बैंक विदेशी मुद्राको बैंक खाता सञ्चालनमा ल्याउने तयारीमा

माघ १, काठमाडौं । कृषि विकास बैंकले आगामी माघ ७ गते हुने ५५ औं वार्षिक उत्सवको अवसरमा गैह्र आवासीय नेपालीका लागि विदेशी मुद्राको बचत तथा मुद्धती खाताको प्रोडक्ट जारी गर्ने तयारी गरेको छ । अनलाईनबाट विदेशी मुद्राको खाता खोल्ने प्रणालीको शुरुवातपछि विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यककागजात अपलोड गरी शून्यमौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्दछन् । यसबाट विदेशमा रहेका गैह्र आवासीय नेपाली तथा विदेशी मुद्रामा तलव भत्ता प्राप्त गर्ने नेपालमा रहेका विदेशी नागरीकले आप्mनै घर÷कार्यालयमा बसि बैंक खाता खोल्न सक्ने व्यवस्था रहेको बैंकले बतााएको छ । बैंकले विकास गरेको प्रविधि अन्य बैंकले प्रयोग गरेको भन्दा अत्याधुनिक, सुरक्षित र सरल रहेको एंव खाता खोल्नको लागि बैंकको वेबसाइटमा गएर खाता खोल्न सक्ने व्यवस्था मिलाएको शाखा व्यवस्थापन विभागका कामु विभागीय प्रमुख रुक्मिणी भट्ट उपाध्यायले वताइन् ।  उक्त सुविधाबाट विदेशी मुद्रामा स्वदेश तथा विदेशबाट खाता खोल्न सकिनेछ । विदेशबाट शून्यमौज्दातमा खाता खोली स्विप्mट मार्फत रकम पठाई खातामा जम्मा गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

बैंक खाता वित्तीय स्रोतको मेरूदण्ड

गाउँघरको दैलोमा बैंक तथा वित्तीय संस्था आउनु भनेको आर्थिक क्रियाकलापमा वित्तीय स्रोतको आपूर्तिको हुनु हो । बैंक खाताविनाको निक्षेपरूपी वित्तीय स्रोतको कल्पना पनि गर्न सकिँदैन । तसर्थ बैंक खाता वित्तीय स्रोतको मेरूदण्ड हो । बैंक तथा वित्तीय संस्थाहरूको उपस्थितिले अनुत्पादक क्षेत्रमा लगानी गर्ने परम्परालाई निरुत्साहित गरी उत्पादनशील क्षेत्रमा कर्जा बढाउन र ग्रामीण क्षेत्रमा उपलब्ध उत्पादनको अवसरलाई प्रोत्साहन गर्न सहयोग पुर्‍याउँछ । सर्वसाधारणको आयको न्यूनस्तरका कारण आन्तरिक बचतको स्तरसमेत न्यून रहेको र वित्तीय साक्षरतासमेतको अभाव भएकाले प्रमुख वित्तीय स्रोतका रूपमा निक्षेप संकलन चुनौतीपूर्ण बन्नु स्वाभाविक मानिन्छ । मुलुकभरका ७५३ स्थानीय निकायमध्ये करीब ७५१ स्थानीय निकायमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेको देखिन्छ भने करीब २ करोड ९२ लाखभन्दा बढी व्यक्तिले बैंक खाता खोलेको देखिन्छ । यसरी हेर्दा कुल जनसंख्याको करीब ९४ प्रतिशत देखिन्छ । एकातर्फ बैंक खाता वृद्धि चुनौती छ भने अर्कोतर्फ निष्क्रिय खाताको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । एकै व्यक्ति वा संख्याको एकै बैंक वा विभिन्न बैंकमा धेरै खाता खोलिएका कारण पनि संख्यामा विस्तार भएको देखिन्छ । दोहोरो खातालाई हटाउँदा करीब २ करोड नेपालीले बैंकमा खाता खोलेको देखिन्छ । न्यूनतम एक बैंकखाता हुने व्यक्ति करीब ६७ प्रतिशत ५ प्रतिशत देखिन्छ । अति आवश्यक कार्य नपरी बैंक खाता खोल्न नखोज्ने प्रवृत्तिमा सुधार ल्याउनको लागि बैंकिङ साक्षरतामा एकातर्फ जोड दिनुपर्छ । नेपालजस्तो करीब १७ प्रतिशत निरक्षर भएको र करीब ५५ प्रतिशतमा बैंकिङ साक्षरताको कमी भएको देशमा घरदैलो बैंकिङको अवधारणा विकास गर्दै घरदैलोमा पुगी बैंक खाता खोलाउनुको विकल्प छैन । यसबाट मात्र बैंक खाता खोल्ने व्यक्तिको संख्या बढाउन सकिन्छ । हालको समयमा थुप्रै मुलुकहरू नगदरहित भइसकेको र बवैंक नोटको प्रचलनमा कमी आइरहेको अवस्थामा नेपालमा भने अझै बैंक नोटप्रयोगको बाहुल्य रहेको छ । नोटको जतन बारेमा जतिनै सूचना जारी गरे पनि नोटको जतन सर्वसाधारण मात्र होइन, बैंक समेतबाट भएको देखिँदैन । संसारभर डिजिटलाइजेशनमा व्यापकताको फलस्वरूप आर्थिक विकाससमेत उत्कर्षमा पुगेको छ । नेपालमा अझै करीब ३० प्रतिशत जनता बैंकिङ पहुँचभन्दा बाहिरै रहनुले वित्तीय स्रोत संकलन वा निक्षेप संकलनमा चुनौती थपेको छ । नेपालको वित्तीय प्रणालीमा बैंकिङ, बीमा, पूँजीबजार, गैरबंैकिङ वित्तीय क्षेत्र र सहकारी रहेका छन् जसबाट वित्तीय स्रोतको रूपमा निक्षेप संकलन र परिचालन भइरहेको छ । बैंकहरूमा प्राप्त हुने पूँजी वा कोषको ८० प्रतिशत भन्दा बढीको मुख्य स्रोत विभिन्न खातामा जम्मा हुने निक्षेप हो । बैक तथा वित्तीय संस्थाहरूको स्थापना र विस्तार तथा तिनको संख्यात्मक र गुणात्मक उल्लेख्य वृद्धि भए पनि सर्वसाधारणको आयको न्यूनस्तरका कारण आन्तरिक बचतको स्तरसमेत न्यून रहेको र वित्तीय साक्षरता समेतको अभाव भएकाले प्रमुख वित्तिय स्रोतका रूपमा निक्षेप संकलन चूनौतीपूर्ण बन्नु स्वाभाविक मानिन्छ । निक्षेपलाई बैंक तथा वित्तीय संस्थाको प्रमुख वित्तीय स्रोत मानिन्छ । निक्षेप भन्नाले वाफियाको दफा २ मा ब्याज दिने वा नदिने गरी बैंकको चल्ती, बचत वा मुद्दती खातामा जम्मा भएको रकम सम्झनुपर्छ । उक्त शब्दले राष्ट्र बैंकले समयसमयमा निर्धारण गरेबमोजिम बैंकले विभिन्न बैंकिङ तथा वित्तीय उपकरणको माध्यमबाट स्वीकार गरेको रकमसमेतलाई जनाउँछ । हाल बैंक निक्षेप ४८ खर्बभन्दा माथि र कर्जा ४२ खर्बभन्दा माथि छ । निक्षेप संकलनभन्दा लगानी रकम बढ्दै गएको कारण सीडी रेसियोले ९० प्रतिशतको बोर्डर क्रश गरेको अवस्था छ । जबसम्म देशको सबै क्षेत्रमा बैंकिङ पहुँच पुर्‍याउन सकिँदैन, तबसम्म नगदरहित बैंकिङ अपेक्षित रूपमा अघि बढ्न सक्दैन । विगत केही समयदेखि यसले उल्लेखनीय प्रगति भने गरेको छ । बैंक खाता हुनेले सोझै एउटा क्लिकको भरमा सपिङ, रिचार्ज, बिल भुक्तानी, रकम ट्रान्सफर, टिकट बुकिङलगायत कार्य सहजै गर्न सक्ने अवस्था छ । बैंक खाता खोलेर बचत गर्दा बचत गरेको रकमको ब्याज पाइने, रकम हराउने र चोरिने डरबाट मुक्त, खाँचो पर्दा कसैको मुख ताक्न नपर्ने, कर्जा निकाल्नु पर्दा सजिलो, विदेशबाट रकम प्राप्त गर्न सजिलो अदि फाइदा छन् । त्यसैले सबै नागरिकले बैंक खाता खोल्नु अनिवार्य हुन जान्छ । बैंक खाता खोलिसकेपछिको फाइदा धेरै हुने हुँदा यसतर्फ सम्बद्ध निकायले समयमा नै प्रचारप्रसार समेतलाई तीव्रता दिनुपर्छ । घुम्ती बैंकिङसमेतलाई अगाडि वढाउनुपर्छ । तरलताको अभावबाट प्रभावित बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले सतर्कतापूर्वक अनुगमन तथा निगरानी गर्ने, तरलताको न्यूनता भोगेको बैंक तथा वित्तीय संस्थाहरूको सुविधाका लागि रिपो खुला गर्ने, सरकारले आफ्नो विकास प्रशासनको क्षमता वृद्धि गरी पूँजीगत खर्च बढाउँदै लैजाने, वित्तीय साक्षतालाई बढाउने, बैंकिङ क्षेत्रको विस्तार र विकास एवं संस्थागत सुशासनलाई कार्यान्वयन गराउने, देशमा आयात प्रतिस्थापनसँग सम्बद्ध उद्योगको विकास तथा विस्तार गर्नेजस्ता उपायहरूबाट मात्र वित्तीय स्रोतका रूपमा रहेको निक्षेप संकलनमा प्रभावकारिता आउँछ । यस्ता क्रियाकलापबाट थप खाता खोल्ने वातावरणको समेत सृजना हुन्छ र अस्वस्थ बैंकिङ होडवाजीसमेत कम हुने कुरामा कसैको दुईमत नहोला । एक अध्ययनका अनुसार निक्षेप संकलनमा आपसी होडबाजी गर्नुभन्दा निक्षेपका स्रोतहरू सर्वसाधारण जनता, स्थानीय निकाय, प्रादेशिक कार्यालय, अन्तरवैक कारोवार, सरकारी तथा गैरसरकारी संघसंस्थाहरू, नेपाल सरकार, विदेशी दातृ निकाय, उद्योगधन्दा, कलकारखाना आदिबाट प्राप्त निक्षेपमा प्रतिस्पर्धी दर कायम गर्ने हो र उनीहरूलाई दिने सेवा तथा सुविधामा सरलता र सहजताको अनुभूति दिलाउने हो भने निक्षेप संकलन सहज हुन्छ । बैंकिङ क्षेत्रका कर्मचारीहरूद्वारा आतिथ्य तथा मुस्कानसहितको सेवा दिने र वित्तीय समावेशीकरणलाई विस्तार र विकास गर्न सकेको खण्डमा वित्तीय स्रोत संकलनमा सहजता आउनुको साथै बैंकखाता खोल्ने संख्यामा समेत वृद्धि हुने देखिन्छ । लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी विज्ञ हुन् ।

अर्थतन्त्र पुनरुत्थानमा सहयोग गर्न बैंकिङ क्षेत्र सक्षम

बन्दाबन्दी र पटक–पटकको निषेधाज्ञाका कारण अधिकांश क्षेत्र प्रभावित भए । बैंकिङ क्षेत्र पनि यसबाट अछुतो हुन सकेन । यद्यपि, बैंकिङ क्षेत्रमा त्यति धेरै असर भने देखिएन । कोरोनाको कहरका बीच धेरे कोरोनाबाट बैंकिङ क्षेत्रका धेरै कर्मचारीहरु कोरोना संक्रमित भएm केहीलाई अस्पतालमा राख्नुप¥यो भने केहीलाई त हामीले गुमाउनु पनि प¥यो । यस्तो विषम परिस्थितिमा पनि हामीले योजना बनाएर बैंकिङ सेवा प्रवाह गर्न सफल भयौं । यद्यपि, सबै शाखा भने सञ्चालन गर्न सकिएन । कोरोनाबाट प्रभावित पर्यटनलगायतका क्षेत्रमा प्रवाह भएको कर्जाको सावा ब्याज खासै उठ्न सकेको छैन । बैंकहरूको मुख्य कमाइ नै खुद ब्याज आम्दानी हो । तर, कोरोना महामारी सुरु भएपछि ब्याज आम्दानीसहित अन्य कमिसन, सेवाशुल्कमार्फत हुने आम्दानी राम्रो हुन सकेन । कोरोना महामारीले खराब परिस्थिति ल्याए पनि बैंकिङ क्षेत्रको व्यवसाय भने बढ्यो । बैंकहरूले शेयर बिक्रीबाट गरेको आम्दानीका कारण गत आवमा नाफा बढेको हो । सञ्चालन मुनाफा घटेकै अवस्था छ । बैंकहरूले पहिलादेखि नै लघुवित्तलगायतका शेयर किनेर होल्ड गरेर राखेका थिए । तर, राष्ट्र बैंकले लघुवित्तको शेयर बिक्री गर्न भनेपछि अहिले त्यस्तो शेयर बिक्री गर्न थाल्यौं । फलस्वरूप नाफामा केही सुधार देखिएको हो । बैंकिङ क्षेत्रले कोरानाबाट प्रभावित भए पनि समग्र अर्थतन्त्रको पुनरुत्थानमा सहयोगी भूमिका खेल्नुपर्नेछ । अर्थतन्त्रको पुनरुत्थान तथा विकासको मुख्य आधार नै बैंकिङ क्षेत्र हो । हामी आफैं कोरोना प्रभावित छाैं भनेर चुप बस्दैनौं । कोरोना महामारी सुरु भएपछि अर्थतन्त्रलाई चलायमान बनाउन पनि बैंकिङ क्षेत्रले सहयोग गर्‍यो । अब अर्थतन्त्रको पुनरुत्थानमा सरोकारवालासँग हातेमालो गर्नेछौं । कोरोनाका कारण अधिकांश क्षेत्र प्रभावित भएपछि विदेशी मुलुकका बैंकहरू कर्जा प्रवाह गर्न नै डराएको अवस्था थियो । तर, नेपाली बैंकिङ क्षेत्रमा त्यस्तो भएन । महामारीमा पनि बैंकहरूले कर्जा प्रवाहमा नयाँ इतिहास कायम गरेका छन् । कोरोना महामारी सुरु भएपछि बैंकहरू छलफलमा जुट्यौं । त्यस क्रममा कोरोना महामारीको समय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्नुपर्छ भन्ने निर्णय भयो । हामीसँग तरलता पनि पर्याप्त मात्रामा थियो । त्यसलाई कर्जाको रूपमा परिचालन गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्छ भन्ने निर्णय भयो । त्यसपछि हामीले कर्जा प्रवाहमा जोड दिएका हौं । फलस्वरूप गत आवमा सामान्य अवस्थामा भन्दा दोब्बर कर्जा प्रवाह भएको छ । वाणिज्य बैंकहरूले सामान्यतया वर्षमा ४ खर्ब रुपैयाँ नयाँ कर्जा प्रवाह गर्दथे । तर, गत आवमा ८ खर्ब नयाँ कर्जा प्रवाह भयो । यसैगरी सहुलियतपूर्ण कर्जा पनि उत्साहपूर्ण रूपमा प्रवाह भएको छ । आव ०७६÷७७ अन्त्यसम्म ३२ हजार ४४८ जनाले सहुलियतपूर्ण कर्जा लगेका थिए । गत आव अन्त्यसम्म आउँदा एक लाभन्दा बढी जनाले १ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको त्यस्तो कर्जा लगेका छन् । एसएमई, ऊर्जा, कृषिजस्ता क्षेत्रमा पनि उच्च मात्रामा कर्जा प्रवाह भएको छ । बैंकहरूले ब्याजदर अन्तर ५ प्रतिशतभन्दा माथिबाट ३ दशमलव ७ प्रतिशतको हाराहारीमा राखी अर्थतन्त्र चलायमान बनाउन ठूलो भूमिका खेलेका छन् । गत आवमा मुलुकको निर्यात ४४ दशमलव ४ प्रतिशतले बढेको छ । आयात पनि ८ दशमलव ७ प्रतिशतले बढेको छ । त्यसैगरी ९ खर्ब ३८ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । पहिला कर्जा, आयात–निर्यातलगायतका क्षेत्रमा यो स्तरको वृद्धिदर थिएन । कोरोना महामारीको अवस्थामा पनि यो स्तरको वृद्धिदर देखिनु उत्साहजनक हो । यो सब हुनुको पछाडि बैंकहरूले प्रवाह गरेको कर्जा नै हो । फलस्वरूप कोरोना महामारीको समय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्यो । नेपाल राष्ट्र बैंकको नीति पनि यस समय उद्योग व्यवसायलाई बचाउनुपर्छ भन्ने थियो । व्यवसाय बच्यो भने मात्र आर्थिक गतिविधि तथा अर्थतन्त्र चलायमान बनाउन सम्भव थियो । आर्थिक गतिविधि बढ्यो भने मात्र रोजगारी सिर्जना र अर्थतन्त्रको विकासमा सहयोग पुग्ने हो । पर्यटनलगायत प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई पुनर्तालिकीकरण, पुनर्संरचना गर्ने काम ग¥यौं । अधिकांश क्षेत्रमा प्रवाहित कर्जाको सावाँब्याज भुक्तानी तिर्ने म्याद थप गरेका छौं । फलस्वरूप सम्बन्धित ऋणीहरूलाई भुक्तानी गर्न सहज भएको छ । सामान्य अवस्था आएपछि त्यस्तो कर्जा असुल हुन्छ भन्ने विश्वास छ । बैंक पनि आफैंमा व्यवसायी संस्था हुन् । यसमा शेयरधनी, कर्मचारी हुन्छन् । उनीहरू (शेयरधनी, कर्मचारी) को पनि संस्थाबाट विभिन्न अपेक्षा हुन्छन् । एउटा संस्थाको शेयरधनीले अर्काे संस्थाको शेयरधनीलाई छुट दिने काम एकदमै कमै हुन्छ । त्यो अवस्थामा पनि हामीले ब्याज छुट दिनेलगायतका काम गर्दै आएका छौं । हामीले कोरोना महामारीको अवधिमा अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी भूमिका खेल्दै आयौं । अब अर्थतन्त्रको पुनरुउत्थानका लागि आवश्यक भूमिका निर्वाह गर्नेछौं । त्यसका लागि बैंकिङ क्षेत्र तयार भएर बसेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पनि अर्थतन्त्र पुनरुत्थानका विषयमा धेरै कुरा सम्बोधन भएका छन् । अब हामी राष्ट्र बैंकको निर्देशनअनुसार ती व्यवस्था कार्यान्वयन गर्न मद्दत गर्नेछौं । त्यसमाथि ब्याजदर पनि एकल अंकमा ल्याएका छौं । त्यसले अर्थतन्त्र पुनरुत्थानमा पक्कै पनि सहयोग गर्ने अपेक्षा छ । कोरोनाबाट आफैं प्रभावित भएको अवस्थामा अर्थतन्त्रको पुनरुत्थानमा बैंकहरूले सहयोग गर्न सक्छन्÷सक्दैनन् भन्ने भ्रम पनि हुन सक्छ । तर, त्यस्तो हुँदैन । हामी अर्थतन्त्रको पुनरुत्थान गर्ने मामलामा योग्य छौं । त्यसका लागि तयार भएर बसेको अवस्था छ । यसमा सबै ढुक्क भए हुन्छ । पछिल्लो समय वित्तीय पहुँच बढ्दै गएको छ । निक्षेप खाताको आधारमा गत आव अन्त्यसम्म ७५ प्रतिशतभन्दा बढी नागरिकमा वित्तीय पहुँच पुगेको अनुमान गरेका छौं । यद्यपि, यसको यकिन तथ्यांक आउन बाँकी नै छ । अघिल्लो आवमा ६७ प्रतिशत नागरिकमा वित्तीय पहुँच पुगेको थियो । गत आवमा वाणिज्य बैंकहरूमा ३८ लाख ४० हजार वटा नयाँ निक्षेप खाता खोलिएका छन् । त्यसमा दोहोरिएको भए पनि २० लाख त पक्कै नयाँ खाता खोलिएको छ । गत आवमा वित्तीय पहुँच बढेको हुन सक्छ । ७५३ मध्ये ७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगिसकेको अवस्था छ । खाता खोल्ने अधिकांशले बैंकिङ कारोबार गर्दै आएका छन् । सामाजिक सुरक्षा भत्ताका लागि पनि बैंक खाता खोल्न थालिएको छ । कर्जा खाताको संख्या पनि बढ्दो क्रममै छ । समग्रमा नेपालको वित्तीय पहुँचको अवस्था दक्षिण एसियाकै उत्कृष्ट छ । यसले पनि अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा लिएका छौं । कर्जाको दायरा विस्तार हुन भने आवश्यक छ । निक्षेप खाताको तुलनामा कर्जा खाताको संख्या एकदमै न्यून छ । बैंकले जसलाई पैसा दिने हो, त्यही व्यक्ति नै धनी हुने हो । (कुराकानीमा आधारित)