मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न गैरआवासीय नेपालीलाई देउवाको आग्रह, नेपालमा डलर खाता खोल्न गरे अपिल

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संसारभर रहेका नेपालीहरुलाई मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न आग्रह गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गरेको नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार सेमिनारमा देउवाले दायित्व निर्वाह गर्न नेपालमा डलर खाता खोल्न तथा बचत पत्र किन्न अपिल गरेका हुन्। विदेशमा बसेका नेपालीहरुलाई नेपालमा डलर खाता खोल्न…