काठमाण्डाै – प्रजातान्त्रिक गणतन्त्र कङ्गोका अधिकारीहरूले ज्वालामुखी विस्फोट हुँदा फैलिएको लाप्काको असर गोमा सहर नजिकसम्म आइपुगको बताएका छन् ।लाप्काका कारण कङ्गोको पूर्वमा रहेको सहर गोमाको उत्तरमा केही घरमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् । ज्यान बचाउनका लागि भाग्ने क्रममा कम्तीमा पाँच जनाको ज्यान गएको कङ्गोका अधिकारीहरूले बताएका छन् । सहरको पूर्वमा रहेको विमानस्थल नजिक पुगेर लाप्का बग्ने क्रम रोकिएको बताइएको छ । २० लाख जनसङ्ख्या रहेको गोमा सहरबाट झन्डै १० किलोमिटरको दुरीमा ज्वालामुखी विस्फोट भएको हो । शनि...