कर्णालीमा सक्रिय संक्रमितको संख्या ७७०

कर्णाली प्रदेशमा बुधबार थप ९५ जनाले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् ।  योसँगै सक्रिय संक्रमितको संख्या ७७० मा झरेको छ । यस्तै बुधबार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५८ जनामा गरिएको आरटी पीसिआर परीक्षणका क्रममा १८ र १६६ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणबाट ३४ जनामा कोरोना पुष्टि भएको हो ।कोरोनाबाट बुधबार  एकजनाको मृत्यु भएको छ । मृत्यु हुने सुर्खेत जिल्लाका हुन् । योसँगै कर्णालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३४३ प