काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दल नेकपा एमालेले विधेयक अगाडि बढ्न नदिन बहानाबाजी खोजेको बताएका छन्। बुधबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को प्रथम राष्ट्रिय युवा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले एमालेले विधेयक रोक्न आफूले बोलेको विषयलाई उचालेको आरोप लगाएका हुन्। ‘प्रतिपक्षले सदन चल्न नदिने अरे । मैले बोलेको छैन। मेरो कुरा भनेको होइन। उनको कुरा भनेको हो। बहाना चाहिएको छ। विधेयक अगाडि बढ्न नदिन। मैले एउटा पुस्तक विमोचनमा सन्दर्भ