बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध पारेको छ । बजेट माथिको छलफलका लागि आइतबार बसेको प्रदेशसभाको बैठकमा एमालेले अवरोध गरेको थियो ।एमालेको अवरोधका कारण प्रदेशसभाको बैठक सोमबार (आज) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । बैठक स्थगित भएपछि एमालेका सांसदहरुले सरकारले वितरण गरेको बजेट पुस्तिकाको औचित्य नभएको भन्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई फिर्ता दिएका थिए ।उनीहरुले प्रदेश सरकारको बजेट अस