इलाम २ मा सुवास नेम्वाङले अग्रता बढाउँदै

इलाम – इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले १५ हजार ३३३ मत प्राप्त गर्दा कांग्रेसका डम्बर बहादुर खड्काले १३ हजार ७०० मत पाएर पछ्याइरहेका छन् । इलाममा कुल १ लाख १५ हजार ३४२ मत खसेकामा हालसम्म ३४ हजार १५६ मत गणना सकिएको छ ।

सम्बन्धित सामग्री

सुवास नेम्वाङले ‘जनताले हामीलाई नयाँ भन्दैनन्’ भनेपछि सोबिताको काउण्टर

८ जेठ, काठमाडौं । सोमबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल थियो । छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले विधेयकको अपरिहार्यतामा जोड दिए।  यो विधेयक प्रतिनिधिसभाको अघिल्लो कार्यकालमै प्रतिनिधिसभाबाट पास […]

सुवास नेम्वाङले बढाए अग्रता, यस्तो छ पछिल्लो मतपरिणाम

एमाले उपाध्यक्ष सुवास नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । इलाम २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेम्वाङले १३ हजार ३११ मतका साथ अग्रता बनाएका हुन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ११ हजार ८५३ मत पाएका छन् । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुंवाले १ हजार ६९ मत प्राप्त गरेका छन् । यस्तै छ मतपरिणामः

इलाम-२ : सुवास नेम्वाङले बढाए अग्रता

इलाम :  इलाम क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले मतान्तर बढाएका छन्।उनले २८ सय १५ मत ल्याउँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २७ सय १७ मत पाएका छन्।राष्ट्रिय जनमुक्तिका केपी पालुङ्वाले ७ सय ९१ मत पाएका छन्।

सुवास नेम्वाङले भने– माओवादी छैन, सहमति जुटाउन अध्यक्षले छलफल गरिरहनुभएको छ

नेकपा एमाले स्थायी समितिका सदस्य सुवास नेम्वाङले पार्टीको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले छलफल गरिरहेको बताएका छन् । सौराहास्थित ओली बसेको होटल पार्क सफारीमा अध्यक्ष ओलीसँग छलफल गरेर निस्किने क्रममा नेम्वाङले छलफल जारी रहेको बताए ।एमाले अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्नका लागि आफूनिकट नेताहरुसँग बिहानैदेखि छलफल जारी राखेका छन । नेम्वाङले पत्रकारहरुसँग भने, ‘अध्यक्षले छलफल गरिरहनुभएको छ, सहमति जुटिसकेको छैन ।’छलफलका क्रममा पूर्वमाओवादी खेमाबाट रामबहादुर थापा बादल

सुवास नेम्वाङले भने- समयमै संविधान जारी नगर्न दबाब आएको थियो

संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका नेता सुवास नेम्वाङले समयमै संविधान जारी नगर्न विभिन्न रूपमा दबाब आएको र त्यसलाई परास्त गरेर संविधान जारी गरेको बताएका छन् ।  नेकपा एमालेले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले पाँच वर्ष आठ महिना लगाएर संविधान बनाएको नेम्वाङले बताए ।  ‘चाँडो नगर, ढिलो गर । किन तोकिएकै दिनमा संविधान बनाउनुपर्छ भन्ने, अरू धेरै धम्की आएको हो । संविधानसभाको म्याद त चार वर्ष छ त किन चाँडै संविधान जारी गर्नुपर्‍यो भनेका थिए,’ नेम्वाङ...

माधव नेपाललाई भेटेर सुवास नेम्वाङ भने- तपाईं र ओली कुरा गर्नुस्

१४ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई संसदीय दलका नेता सुवास नेम्वाङले भेटेका छन् । नेम्वाङले नेता नेपाललाई भेटेर पार्टी एकतालाई निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् । दशबुँदे सहमति जुटाउने कार्यदलमा अध्यक्ष केपी शर्मा ओली तर्फबाट नेम्वाङ संयोजक थिए । ‘एकताको सन्दर्भमा कुराकानी छलफल भयो । तपाईं र अध्यक्ष कमरेड भेटघाट गर्नुहोस् […]

सुवास नेम्वाङले भने– सम्भवतः १०बुँदे सहमतिमा हस्ताक्षर गर्दै छौँ

सत्तारुढ एमालेको विवाद मिलाउन गठित कार्यदलका ओलीपक्षीय संयोजक सुवास नेम्वाङले सम्भवतः १०बुँदे सहमतिमा हस्ताक्षर गर्ने तयारीमा रहेको बताएका छन् । कार्यदलको बैठक बिहानदेखि नै बसिरहेको छ ।  ‘सम्भवतः १०बुँदे सहमतिमा हस्ताक्षर...

सुवास नेम्वाङले भने–नयाँ जनादेश लिन्छु भन्नु प्रतिगामी होइन

नेकपा ओली समूहका नेता सुवास नेम्वाङले  निर्वाचन घोषणा गर्ने काम प्रतिगामी कदम नभएको बताएका छन् । इलामको चुलाचुली गाउँपालिकाको प्रशासनिक भवनको आज उद्घाटन गर्दै उन प्रतिनिधिसभाको बैठक चल्न नसक्नाले संसद भङ्ग गरेर नयाँ जनादेश लिन निर्वाचनमा जानु परको बताए । उनले निर्वाचन घोषणाको कदमलाई प्रतिगामी भनिनु ‘कागले कान लग्यो भनेर कान नछामी काग खेदाउनु जस्तो’ भएको बताए । उनले तोकिएकै समय चुनाब हुने पनि दावी गरे ।