सुवास नेम्वाङले भने- समयमै संविधान जारी नगर्न दबाब आएको थियो

संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका नेता सुवास नेम्वाङले समयमै संविधान जारी नगर्न विभिन्न रूपमा दबाब आएको र त्यसलाई परास्त गरेर संविधान जारी गरेको बताएका छन् ।  नेकपा एमालेले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले पाँच वर्ष आठ महिना लगाएर संविधान बनाएको नेम्वाङले बताए ।  ‘चाँडो नगर, ढिलो गर । किन तोकिएकै दिनमा संविधान बनाउनुपर्छ भन्ने, अरू धेरै धम्की आएको हो । संविधानसभाको म्याद त चार वर्ष छ त किन चाँडै संविधान जारी गर्नुपर्‍यो भनेका थिए,’ नेम्वाङ...