इलाम-२ : सुवास नेम्वाङले बढाए अग्रता

इलाम :  इलाम क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङले मतान्तर बढाएका छन्।उनले २८ सय १५ मत ल्याउँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २७ सय १७ मत पाएका छन्।राष्ट्रिय जनमुक्तिका केपी पालुङ्वाले ७ सय ९१ मत पाएका छन्।

सम्बन्धित सामग्री

मिश्रित निर्वाचन प्रणालीबाट आएको परिणामले अस्थिरता निम्त्याउदैन : सुवास नेम्वाङ

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताएका छन्। इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई काठमाडौं आएपछि प्रतिक्रिया दिँदै उनले निर्वाचनले दलहरू मिलेर देश र जनताकाहितमा काम गर्न प्रष्ट सन्देश दिएको उल्लेख गरेका हुन्। 'जनताले सुनाएको निष्कर्षबाट निषेधको…

नयाँ परिस्थितिअनुसार पार्टी अघि बढ्छ : सुवास नेम्वाङ

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नयाँ परिस्थितिअनुसार पार्टी अघि बढ्ने बताएका छन् । इलाम २ बाट निर्वाचित भएपछि मतदातासँगको भेटघाटमा उनले यस्तो बताएका हुन । जनताले कुनै पनि पार्टीलाई बहुमत नदिएको भन्दै उनले सोही जनमतअनुसार दलहरू अघि बढ्ने प्रष्ट पारे । उनले नयाँ पार्टीहरूको आगमनालाई पनि सामान्य रुपमा लिइनुपर्ने बताए । उनले भने, ‘हाम्रो […]

इलाम–२ मा नेम्वाङलाई १७३४ मतको अग्रता, कसको कति मत ?

इलाम क्षेत्र नम्बर २ मा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले १७३४ मतले अग्रता लिएका छन् । ४६ हजार मतगणना हुँदा नेम्वाङले २१ हजार ८३८ र कांग्रेसका डम्बर बहादुर खड्काले २० हजार १०४ मत प्राप्त गरेका हुन् । यस्तै मंगोल नसेशनल अर्गनाइजेसनका उम्मेदवार मनि बहादुर लिम्बुले १ हजार ८७ मत पाउँदा राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुंगाले ११४० मत पाएका छन् । अन्य उम्मेदवारले भने एक हजार मत पनि कटाउन सकेका छैनन् ।

इलाम २ मा सुवास नेम्वाङले अग्रता बढाउँदै

इलाम – इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले १५ हजार ३३३ मत प्राप्त गर्दा कांग्रेसका डम्बर बहादुर खड्काले १३ हजार ७०० मत पाएर पछ्याइरहेका छन् । इलाममा कुल १ लाख १५ हजार ३४२ मत खसेकामा हालसम्म ३४ हजार १५६ मत गणना सकिएको छ ।

सुवास नेम्वाङले बढाए अग्रता, यस्तो छ पछिल्लो मतपरिणाम

एमाले उपाध्यक्ष सुवास नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । इलाम २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेम्वाङले १३ हजार ३११ मतका साथ अग्रता बनाएका हुन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ११ हजार ८५३ मत पाएका छन् । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुंवाले १ हजार ६९ मत प्राप्त गरेका छन् । यस्तै छ मतपरिणामः

मतान्तर बढाउँदै लगे सुवास नेम्वाङले

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतान्तर बढाउँदै लगेका छन् । उनले इलाम २ प्रतिनिधि सभाको निर्वाचनमा १३ हजार ३११ मत पाएका छन् ।

इलाम–२ मा सुवासको अग्रता कायमै

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर–२ मा नेकपा एमालेका सुवास नेम्वाङले अग्रता कायम राखेका छन् । नेम्वाङले ११ हजार ६२१ मतसहित अग्रता बनाएका हुन् ।दोस्रो स्थानमा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ७८८ मत ल्याएका छन् । हालसम्म २६ हजार ७८२ मत गणना भएको छ । यसमध्ये १ हजार ३२३ मत बदर भएको छ ।

इलाम २ मा सुवास नेम्वाङले लिए अग्रता

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले झिनो मतको अग्रता लिएका छन् । प्रारम्भिक मतगणनामा पछि परेका नेम्वाङ १०७९ मतसहित अग्रस्थानमा उक्लिएका छन् । उनलाई कांग्रेसका डम्बर खड्काले १०३८ मतसहित पछ्याइरहेका छन् ।

इलाम २ मा डम्बर खड्का र सुवास नेम्वाङले गरे मतदान

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कांग्रेसका डम्बर बहादुर खड्का र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् ।