सुवास नेम्वाङले ‘जनताले हामीलाई नयाँ भन्दैनन्’ भनेपछि सोबिताको काउण्टर

८ जेठ, काठमाडौं । सोमबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल थियो । छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले विधेयकको अपरिहार्यतामा जोड दिए।  यो विधेयक प्रतिनिधिसभाको अघिल्लो कार्यकालमै प्रतिनिधिसभाबाट पास […]