काठमाडौं (हाम्रो खेलकुद)– तेक्वान्दो खेलाडी लक्ष्मण बहादुर ऐरले अमेरिकाको मिचिगन राज्यमा सम्पन्न १३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । शुक्रबार भएको प्रतियोगिताको पुरुष ४१–५० वर्षको एकल पुम्सेमा ६.९ अंकका साथ लक्ष्मण दोस्रो भएका हुन् । आठ देशका ३ सय जनाभन्दा बढी रहेको उक्त प्रतिस्पर्धामा अमेरिकन रोन सुथविक ७.१ अंक जोड्दै […]