भारतकी मिराबाई चानूले जितिन् रजत पदक, चीनलाई दोस्रो स्वर्ण

एजेन्सी। टोकियो ओलम्पिकमा भारतकी मिराबाई चानूले रजत पदक जितेकी छन्। मिराबाईले भारोत्तोलनको महिला ४९ केजी तौल समूहमा कुल २०२ किलो तौल उठाउँदै रजत पदक जितेकी हुन्। उक्त प्रतिस्पर्धामा चीनकी होउ जिहूईले २१० किलो तौल उठाएर ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितिन्। उनले क्लिन एण्ड जर्कमा पनि ११६ किलो तौल उठाएर ओलम्पिक कीर्तिमान बनाइन्। इन्डोनेसियाकी कैटिका विन्डीले काश्य पदक जितिन्।

सम्बन्धित सामग्री

बेलायतमा नेपाली सेनाले जित्यो रजत पदक

काठमाडौं : बेलायतको वेल्समा सञ्चालन भइरहेको ‘एक्सरसाइज क्याम्बे्रन पेट्रोल २०२३’ मा नेपाली सेनाको टोलीले रजत पदक जितेको छ। सेनाको टोलीले हालसम्म दुई स्वर्ण, तीन रजत र दुई कांस्य गरी सात पदक जितेको छ। आइतबारसम्म सञ्चालन हुने अभ्यासमा रेगुलरतर्फ ४२, रेस्क्यूतर्फ १५, यूओटीसीतर्फ १६ तथा ३१ देशका ३८ अन्तर्राष्ट्रिय टोली गरी एक सय ११ वटा टोली सहभागी छन्। अभ्यासमा नेपालसहित बेलायत, क्यानडा, मेसोडोनिया, कतार, फिलिपिन्सललगायतको टोली सहभागी छन्।  टोलीलाई हाल बेलायत भ्रमणमा रहेका

तेक्वान्दोमा विशाललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले छैठौं हिरोईज इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा एक स्वर्ण र दुई रजत पदक जितेका छन् । थाइल्याण्डको राजधानी बैंककमा भएको प्रतियोगिताको पुम्से मास्टर्स समूहमा विशाल कडेलले स्वर्ण पदक जितेका छन् । विशालले दिएको जानकारी अनुसार उनले ८० केजी तौल समूहमा रजत पदक पनि जितेका छन् । इन्टर नेसनल मास्र्टस समुहको पुम्सेमा […] The post तेक्वान्दोमा विशाललाई स्वर्ण first appeared on Hamro Khelkud.

अन्तर्राष्ट्रिय कराँतेमा नेपाललाई १० स्वर्ण

भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण र दुई रजत पदक हात पारेको छ।  मिक्स मार्सल आर्ट फेडेरेसन इन्डियाको आयोजनामा भएको उक्त च्याम्पियसिपमा नेपालका राजकुमार श्रेष्ठ, अमृत थोकर र...

मलेसियामा नेपाललाई एक स्वर्ण र तीन रजत

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको छ । शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालकी रेखमाया गुरुङले स्वर्ण पदक जितेकी हुन् । उनले महिला ३० देखि ४० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जितेकी हुन् । उनको समूहमा इन्डोनेसिया, मलेसिया, जापान, भयतनाम, ब्रुनाई, […]

फिजिक स्पोर्टस् च्याम्पियनसिपमा उमेशलाई रजत पदक

काठमाडौँ – नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राईले ५४औँ शारीरिक फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि बुधबार रजत पदक जितेका छन्। मालदिभ्समा जारी प्रतियोगिताको ८० केजी तौलमा उमेशले रजत पदक प्राप्त जितेका हुन्। ८ खेलाडी सहभागी सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण पदक र थाईल्याण्डका पतैवात अलकावातले कास्य पदक प्राप्त गरेका थिए। यसअघि फिटनेस फिजिकतर्फ १७० […]

उमेशले जोडे नेपालका लागि रजत पदक

नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि रजत पदक जित्न सफल भएका छन् । बुधबार माल्दिभ्समा आयोजना भएको ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप अन्तरगत ८० केजी तौलमा राईले रजत पदक प्राप्त गरेका हुन् ।राईले नेपालका लागि रजत पदक जित्न सफल भएको टोली व्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले बताए । ८ खेलाडी सहभागी सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाइल्याण्डका पतैवात अलकावातले कास्य पदक प्राप्त गरेका थिए ।यसअघि फिटनेस फिजिकतर्फ १७० सेमी सम्मको प्रतिस्पर

इरानमा सिर्जनाले जितिन् रजत पदक

नेपालकी पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङले इरानमा भएको डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा रजत पदक जितेकी छन् । तेहरानमा सोमबार भएको प्रतियोगिताअन्तर्गत पाराको के–४४ विधाको महिला ५२ केजीमुनी तौलसमूहमा उनले रजत पदक जितेको प्रशिक्षक कविराज नेगी लामाले बताए । उनले फाइनल राउन्डमा इरानकी फातेमेह डोडान्गेहसँग पराजीत भइन् । फाइनल राउन्डमा ३३–११ ले पराजीत हुदै स्वर्ण […] The post इरानमा सिर्जनाले जितिन् रजत पदक appeared first on राजधानी राष्ट्रिय दैनिक.

टोकियो ओलम्पिकः आयोजक जापानलाई अर्को स्वर्ण

एजेन्सी। जापानका युतो होरिगोमले टोकियो ओलम्पिकको स्केटबोर्डिङको पुरुष स्ट्रिट स्पर्धामा स्वर्ण पदक जितेका छन्। स्केटबोर्डिङ ओलम्पिकमा पहिलोपटक समावेश गरिएको हो। त्यसैले होरिगोम ओलम्पिकमा स्वर्ण जित्ने पहिलो स्केटबोर्डिङ खेलाडी बने। उनले ३७.१८ अंक जोडे। ३६.१५ अंक जोड्ने ब्राजिलका होइफलर केल्भिन रजत पदक जिते। अमेरिकाका इटोन जगरले ३५.३५ अंक जोड्दै काश्य पदक जिते। जापाने तीन स्वर्ण र एक रजत पदक जितिसकेको छ।

अमेरिकाले टोकियो ओलम्पिकमा पहिलो स्वर्ण जित्यो

सीएनएन।टोकियो ओलम्पिकको दोस्रो दिन अमेरिकाले पहिलो स्वर्ण पदक हात पारेको छ।‘४०० मिटर इन्डिभिजुअल मेड्ले’ मा चेस कालिजले अमेरिकालाई स्वर्ण पदक दिलाएका हुन्।सोही प्रतिस्पर्धामा अमेरिकाकै जे लिथरल्याण्डले रजत पदक र अष्ट्रेलियाका ब्रेन्डन स्थिमले काश्य पदक जिते। कालिजले उक्त प्रतिस्पर्धा ४ मिनेट ०९.४२ सेकेण्डमा पूरा गरे।कालिजको यो दोस्रो ओलम्पिक मेडल हो। उनले सन् २०१६ मा सोही इभेन्टमा रजत पदक जितेका थिए।

टोकियो ओलम्पिकः इरानलाई सुटिङमा स्वर्ण

एजेन्सी। टोकियो ओलम्पिकमा इरानका जाभेद फोरोघीले स्वर्ण पदक जितेका छन्। फोरोघीले पुरुष १० मिटर एयर पिस्तोल स्पर्धामा ओलम्पिक कीर्तिमान २४४.८ अंक जोड्दै स्वर्ण पदक जितेका हुन्। सर्वियाका दमिर मिकेकले रजत पदक जिते। उनले २३७.९ अंक जोडे। चीनका पाङ वेईले २१७.६अंक जोड्दै काश्य पदक जिते। अहिलेसम्म चीनले दुई र इरानले एक स्वर्ण पदक जितेका छन्। भारतले एक रजत पदक जितेको छ।