मकवानपुरमा थप १३ दिन निषेधाज्ञा लम्बियो

मकवानपुरमा थप १३ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको सिफारिसमा १३ जेठसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो

सम्बन्धित सामग्री

भदौ ८ गतेसम्म लम्बियो निषेधाज्ञा

काठमाडौं। जिल्ला प्रशासन कार्यालयले भदौ ८ गतेसम्मलाई निषेधाज्ञा थप गरेको छ। आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थपेको हो। आज थप गरिएको निषेधाज्ञा यही साउन २८ गतदेखि लागू हुने छ। यसअघि थप गरिएको निषेधाज्ञा साउन २८ गतेदेखि सकिँदै छ। सोही कारण, जिल्ला प्रशासन कार्यालयहरूको बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याएको हो।

कपिलवस्तुमा थप एक साता लम्बियो निषेधाज्ञा

कपिलवस्तु जिल्लामा एक साता निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार विज्ञप्तिमार्फत असार १४ गतेसम्म निषेधाज्ञा थपिएको जनाएको हो ।  जारी विज्ञप्तिमा निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरिएको जनाइएको छ । प्रशासन कार्यालयले सरकारी कार्यालयहरूमा भीडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पूरा गरी चलाउन  पाइने जनाएको छ भने बैक पनि सञ्चालन गर्न दिने निर्णय भएको जनाएको छ ।उता, शैक्षिक संस्था, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, स्वीमिङ पुल लगायतका क्षेत्रमा भने रोक लगाइएको छ । विवाह

उपत्यकामा थप एकसाता लम्बियो निषेधाज्ञा

काठमाडौं। उपत्यकामा थप एक साता निषेधाज्ञा थप भएको छ। आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले असार १४ गते रातिसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको ललितपुरका सीडीयो ढुण्डीप्रसाद निरौलाले बताए। “अहिलेको भन्दा केही फरक गरिएको छ। यो अवधिमा अहिलेको भन्दा थप केही पसल भने खुल्नेछन्। तर निषेधाज्ञा भने जारी रहनेछ”, उनले भने।

मोरङमा एक साता लम्बियो निषेधाज्ञा

विराटनगर । मोरङमा जारी निषेधाज्ञा एक साता लम्बिएको छ । असार ७ गतेसम्म निषेधाज्ञा थप भएको हो । सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको भन्दै थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो। निषेधाज्ञामा अवधिमा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, माछा–मासु र पुस्तक पसललगायतका व्यवसाय बिहान […]

मोरङमा निषेधाज्ञा एक साता लम्बियो

३१ जेठ, विराटनगर । मोरङमा जारी निषेधाज्ञा एक साता लम्बिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार असार ७ गतेसम्म निषेधाज्ञा थप भएको हो । सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । निषेधाज्ञामा अवधिमा खाद्यवस्तु, इन्धन, […]

पाल्पामा लम्बियो निषेधाज्ञा

पाल्पा। जिल्लामा आज सम्पन्न भएको डीसीसीएमसीको बैठकमा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेले जानकारी गराए। जेठ ३१ गते राति १२ बजेसम्मको निषेधाज्ञालाई लम्बाएर असार १२ गते राती १२ बजेसम्म पुर्‍याइएको हो। खाद्यान्न, बैक तथा वित्तिय संस्थाहरु निश्चित समय अवधिसम्म सञ्चालन गर्ने गरी निषेधाज्ञा लम्बाइएको उनले बताए।

स्याङ्जामा थप दश दिन लम्बियो निषेधाज्ञा

स्याङ्जा। कोरोनाको महामारी बढेसँगै जनताको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बिहीबार सम्पन्न गरेको डीसीसीएमसीको बैठकले १० दिनका लागि निषेधाज्ञा थप गरेको छ। बैठकले जेठ१५ गते राति १२ बजेदेखि जेठ २५ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरेको हो। प्रशासनले औषधि उपचारसम्बन्धी काम र सेवा, अत्यावश्यक दैनिक सामाग्री तथा खाद्यान्नबाहेक अन्य सेवा बन्द हुने विज्ञप्तिमार्फत जनाएको छ।

झापामा जारी निषेधाज्ञा एक साता लम्बियो

झापा । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागी झापामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गरि निषेधाज्ञा थप गरिएको जनाएको  हो । जिल्लामा अघिल्लो पटक जेठ ७ गतेसम्म जारी गरिएको निषेधाज्ञा एक हप्ता थप गरी जेठ १४ गते सम्म लम्ब्याइएको छ । आज बसेको जिल्ला कोभिड […]

झापामा थप सात दिन निषेधाज्ञा लम्बियो

झापा। आज सम्पन्न भएको डीसीसीएमसीको बैठकमा निषेधाज्ञा थप सात दिनको लागि लम्बाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए। कोरोनाको महामारीलाई नियन्त्रण गर्नका लागि जेठ १४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाइएको तिमिल्सिनाले बताए। हिजोसम्म कोरोना सङ्क्रमित सङ्ख्या २८१ पुगेसँगै सातजनाको मृत्यु भएको उनले जानकारी गराए।

बाँकेमा २७ गतेसम्म लम्बियो निषेधाज्ञा

बाँके : कोरोना भाइरस संक्रमण भयावह बनेको बाँकेमा निषेधाज्ञा थप एकसाता लम्बिएको छ।  सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेले एक विज्ञप्ति जारी गर्दै एक हप्ता निषेधाज्ञा थप गरिएको जनाएको हो। अब २७ गते रातिसम्म निषेधाज्ञा लागू हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।संक्रमण तीव्ररूपमा फैलिएपछि बाँकेमा वैशाख १३ गतेदेखि २० गतेसम्मका लागि प्रशासनले निषेधाज्ञा सुरु गरेको थियो। संक्रमण नियन्त्रण, रोकथामका लागि प्रशासनले नेपालगन्ज उप–महानगरपालिकामा त्यसअघि नै निषेधाज्ञा गरेको थियो।अहिले पनि संक्रमण दर