सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा विदेशमा रहेका श्रमिकलाई चार फाइदा (भिडियो)

वैदेशिक रोजगारीमा गएका श्रमिकहरूका लागि सामाजिक सुरक्षा कोषले दुर्घटना, असक्तता, आश्रित परिवार र वृद्धावस्था गरी चार प्रकारका सामाजिक सुरक्षा योजना ल्याएको छ ।

सम्बन्धित सामग्री

फेदीखोलीका ७१४ श्रमिक कोषमा आबद्ध

सामाजिक सुरक्षा कोष र फेदीखोला गाउँपालिकाबीच अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सम्झौता भएको छ । गाउँपालिकाले आफ्ना गाउँपालिकाभित्र रहेको निर्माण क्षेत्रमा कार्यरत ७१४ जना श्रमिकका लागि कोषको निर्देशिकाबमोजिम...

सामाजिक सुरक्षा कोष : ८२ लाख श्रमिकलाई आबद्ध गराउने योजना अघि बढ्यो

वैदेशिक रोजगारीमा रहेका तथा अनौपचारिक र स्वरोजगार श्रमिक समेत सामाजिक सुरक्षा योजनामा आबद्ध हुन पाउने भएका छन् । सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई समेत सामाजिक सुरक्षा योजना आबद्ध गराउन कार्यविधि ल्याएको हो ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि स्वीकृत गरेको छ । ‘अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिका सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ र ‘वैदेशिक रोजगारमा रह

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने कार्यविधि तयार

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने कार्य विधि तयार भएको छ । कार्यविधि सामाजिक सुरक्षा कोष सञ्चालक समितिले स्वीकृति गरिसकेको र श्रम मन्त्रालयबाट स्वीकृतिको चरणमा रहेको सामाजिक सुरक्षा कोषले जनाएको छ । श्रम मन्त्रालयले स्वीकृति गरेको तीन महिनामा यो कार्यविधि कार्यान्वयनमा आउने कोषका सह प्रवक्ता रोहित रेग्मीले जानकारी दिनुभयो ।  योसँगै स्वरोजगार र अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि कोषमा आबद्ध गर्ने कार्यविधि पनि कोष सञ्चालक समितिले स्वीकृति गरिसकेको उहाँले बताउनुभयो ...

अन्य कोष जस्तै आकर्षक सुविधा ल्याउँदै सामाजिक सुरक्षा कोष

काठमाडौं, मंसिर १२ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अनौपचारिक क्षेत्र, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् । पाँचौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सुरक्षा योजनालाई योगदानकर्ता मैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे । कोषले सञ्चालनमा ल्याएका योजना आवश्यकताका आधारमा […]

सामाजिक सुरक्षा कोष : ५ सय श्रमिकले लिए ९ करोड ५० लाख रुपैयाँ सापटी

सामाजिक सुरक्षा कोषअन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकले कोषबाट ९ करोड ५० लाख रुपैयाँ विशेष सापटी लिएका छन् । कोषले यही भदौबाट सुरु गरेको सापटी योजनाअन्तर्गत ३ सातामा ५ सय श्रमिकले निवेदन दिएकोमा बिहीबारसम्म ५ सय श्रमिकलाई ९ करोड ५० लाख रुपैयाँ भुक्तानी दिएको छ।सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीले घर, शैक्षिक, सामाजिक कार्य र विशेष सापटी गरी ४ वटा सुविधा लिन सक्ने भए पनि विशेष सापटीको प्रक्रिया छिटो हुने भएकाले धेरै श्रमिकले यो स

सामाजिक सुरक्षा कोष र एनआरएनए बीच सम्झौता

वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन गैरआवासिय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएको छ ।नेपालबाट वैदेशिक रोजगारमा जाने नेपालीको संख्या दिनहुँ बढ्दै गइरहेको जनाउँदै उनीलाई क्रमस सामाजिक सुरक्षा योजनामा ल्याउन २ संस्थाबीच सम्झौता भएको हो । करिब ४६ लाख नेपालीहरु खाडी मुलुक, मलेसिया, कोरिया र जापानलगायत विश्वभर कार्यरत रहेको र […]

प्रभावकारी भएन सामाजिक सुरक्षा कोष

‘नयाँ युगको सुरुआत’को नारा दिँदै तीन वर्षअघि निकै तामझामसहित सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको थियो। सरकारी कर्मचारीजस्तै निजी क्षेत्रका श्रमिकलाई पनि पेन्सनलगायतका सुविधा हुने भन्दै यो कार्यक्रम घोषणा गरिएको थियो। तर, रोजगारदाताको आनाकानी र सरकारको उदासीनताले कार्यक्रम अझै प्रभावकारी हुन सकेको छैन। अर्थात्, जुन तामझामसाथ यो कार्यक्रम घोषणा सरकारले गरेको थियो, त्यसअनुसार कार्यान्वयनमा लैजान भने क्रियाशीलता देखाएन।सामाजिक सुरक्षा कार्यक्रमको मुख्य उद्देश्य

सामाजिक सुरक्षा कोष : स्वरोजगार श्रमिकलाई समेट्ने कार्यविधि निर्माण अन्तिम चरणमा

काठमाडौं । अनौपचारिक क्षेत्रका स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने उद्देश्यका साथ सामाजिक सुरक्षा कोषले आप्mनो गृहकार्यलाई तीव्र पारेको छ । त्यस्ता श्रमिकहरूलाई योजनामा समेट्नेबारे मस्यौदा निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याइएको हो । कोषका अनुसार अनौपचारिक रोजगारीमध्ये कुनै एक प्रकारको रोजगारी वा क्षेत्र तोकी कार्यक्रम लागू गर्नेगरी अनौपचारिक क्षेत्रका श्रमिकलाई समेट्ने योजनाको मस्यौदालाई अन्तिम चरणमा पुर्‍याइएको छ ।  अनौपचारिक क्षेत्रका श्रमिकलाई समेट्न सरकारले ‘केही नेपाल ऐन’ लाई संशोधन गरिसकेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ मा अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्ति सामाजिक सुरक्षा योजनामा सहभागी हुन सक्ने व्यवस्था राखिएअनुसार कार्यान्वयनका लागि कार्यविधिको कामलाई तीव्रता दिइएको हो । ‘अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिले समितिको सिफारिशमा मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको योगदान कोषमा जम्मा गरी सामाजिक सुरक्षा योजनामा सहभागी हुन सक्नेछ,’ ऐनमा भनिएको छ । अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेको व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा प्रोत्साहन गर्न त्यस्तो व्यक्तिले सामाजिक सुरक्षा योजनामा गरेको योगदानको आधारमा तोकिएबमोजिमको रकम नेपाल सरकारले कोषमा जम्मा गरिदिने ऐनमा व्यावस्था छ । यिनै व्यवस्थालाई व्यावहारिक रूपमा लागू गर्न कोषले कार्यविधि बनाउने काम गरेको हो । ऐनअनुसार अनौपचारिक क्षेत्रको श्रमिक तथा स्वरोजगारमा रहेको व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने प्रयोजनका लागि सहकारी संस्था वा संघ, सामुदायिक वा अन्य व्यावसायिक संघ संस्थासँग कोषले सहकार्य गर्न सक्ने अधिकारसमेत दिइएको छ । कोषले अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षाका लागि कार्यक्रम तय गरी सामाजिक सुरक्षा योजना सञ्चालन गर्न सक्ने ऐनमा दिएको व्यवस्थालाई कार्यविधिको मस्यौदा बनाएर लागू गर्न खोजेको सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले बताए ।  उनका अनुसार कोष सञ्चालक समितिबाट यसको मस्यौदाको खाका बनाइएको थियो । त्यो मस्यौदालाई थप बलियो बनाउन कोषभित्रै उपसमिति बनाएर अन्तिम रूप दिइँदै छ । ‘बजेटले समेत अनौपचारिक क्षेत्रका श्रमिकलाई समेट्ने लक्ष्य राखेकाले अब छिट्टै यससम्बन्धी कार्यविधिलाई ‘फाइनल’ गरेर लागू गर्नेछौं,’ पन्थीले भने । यो कार्यविधि लागूपछि दैनिक ज्यालादारीमा काम गर्ने मजदूर, स्वरोजगार वा शेयरबजारका लगानीकर्ता पनि सामाजिक सुरक्षा कोषमा सहभागी हुन पाउने कोषले बताएको छ । यस्तै, करारमा रहेका सरकारी कर्मचारीहरूलाई समेत सामाजिक सुरक्षा कोषमा सहभागी गराउने गरी गृहकार्य थालिएको छ । यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा एक समितिसमेत बनेको छ । समितिले निर्णय दिइसकेपछि त्यस्ता कर्मचारीहरूलाई समेटिने कोषले जनाएको छ ।