सरकारले सामाजिक सुरक्षा कोषको विषयमा स्पष्ट धारणा बनाउन र आम श्रमिकलाई बुझाउन नसक्दा आफैँले खडा गरेको कोष टाउको दुखाइको विषय बनेको छ । योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्न भन्दै कोषको स्थापना गरिएको हो । तर कोष बनाउँदा यसअघि भएका कोषहरूको अध्ययन नगरेको र ती कोषलाई धरापमा पार्न खोजेको आरोप विज्ञहरूले लगाएका छन् । अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालमा समान प्रकृतिका संस्था धेरै खोल्ने र भएका संस्थालाई प्रभावकारी नबनाउने रोग रहेको बताए । भइरहेको कोषलाई धरापमा पारेर नयाँ कोष खडा गरेको उनको आर