वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने कार्यविधि तयार

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने कार्य विधि तयार भएको छ । कार्यविधि सामाजिक सुरक्षा कोष सञ्चालक समितिले स्वीकृति गरिसकेको र श्रम मन्त्रालयबाट स्वीकृतिको चरणमा रहेको सामाजिक सुरक्षा कोषले जनाएको छ । श्रम मन्त्रालयले स्वीकृति गरेको तीन महिनामा यो कार्यविधि कार्यान्वयनमा आउने कोषका सह प्रवक्ता रोहित रेग्मीले जानकारी दिनुभयो ।  योसँगै स्वरोजगार र अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि कोषमा आबद्ध गर्ने कार्यविधि पनि कोष सञ्चालक समितिले स्वीकृति गरिसकेको उहाँले बताउनुभयो ...