विदेशिएका कामदारलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुने भएका छन् । सामाजिक सुरक्षा कोषले निजी क्षेत्रमा कार्यरत श्रमिक मात्रै नभएर अनौपचारिक क्षेत्रमा कार्यरत, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत आबद्ध गराउन लागेको हो । त्यसका लागि कोषले कार्यविधि तयार पारेर पारित समेत गरिसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पारि गरेसँगै यो कार्यविधि कार्यान्वयनमा आउनेछ । कोष आजदेखि पाँचौँ वर्षमा प्रवेश गरेको छ । आफ्नो वार्षिकोत्सव अवसरमा सो कार