सामाजिक सुरक्षा कोषअन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकले कोषबाट ९ करोड ५० लाख रुपैयाँ विशेष सापटी लिएका छन् । कोषले यही भदौबाट सुरु गरेको सापटी योजनाअन्तर्गत ३ सातामा ५ सय श्रमिकले निवेदन दिएकोमा बिहीबारसम्म ५ सय श्रमिकलाई ९ करोड ५० लाख रुपैयाँ भुक्तानी दिएको छ।सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीले घर, शैक्षिक, सामाजिक कार्य र विशेष सापटी गरी ४ वटा सुविधा लिन सक्ने भए पनि विशेष सापटीको प्रक्रिया छिटो हुने भएकाले धेरै श्रमिकले यो स