अर्घाखाँची । कृषि ज्ञान केन्द्र अर्घाखाँचीमा डिजिटल प्रविधिबाट माटो परिक्षण सुरु भएको छ । डिजिटल माटो परीक्षण मिनिल्याब सञ्चालनमा आएसँगै माटो परीक्षणका लागि अन्य जिल्लामा जानुपर्ने बाध्यता हटेको छ । मंगलबारबाट सञ्चालनमा आएको प्रयोगशालाबाट कृषकले ल्याएको माटोको नमूना निःशुल्क परीक्षण गरिने कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताउनुभयो । यसका लागि ६ वटै पालिकामा ११ […]