काठमाडौं : अधिवक्ता गोविन्दप्रसाद शर्मा (कोइराला) कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त भएका छन्। गोबिन्द बन्दीका नामले परिचित उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन्। उनलाई संविधानको धारा ७८ को उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। यस उपधारामा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने व्यवस्था छ। यसरी निय