नवनियुक्त कानुन मन्त्री बन्दीले लिए शपथ

काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइराला) शपथ ग्रहण गरेका छन् । आज अपराह्न ३ बजे नवनियुक्त मन्त्री बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । नवनियुक्त मन्त्री बन्दीको शपथ ग्रहणमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित थिए ।

सम्बन्धित सामग्री

सांसद नभएका गोविन्द बन्दी कानुन मन्त्री नियुक्त , २ बजे शपथ

काठमाडौं । अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । बिहीबार आफूलाई कानुनमन्त्रीमा नियुक्त गरिएको बन्दीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गरेकी हुन् । नवनियुक्त मन्त्री बन्दीका अनुसार बिहीबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ ग्रहण कार्र्यक्रम छ । बन्दी संघीय […] The post सांसद नभएका गोविन्द बन्दी कानुन मन्त्री नियुक्त , २ बजे शपथ appeared first on राजधानी राष्ट्रिय दैनिक.

वाग्मती प्रदेश सरकारकाे प्रवक्तामा मन्त्री पाण्डे

वाग्मती – वाग्मती प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मन्त्री केशवराज पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त पाण्डेलाई बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको हो ।  बैठकले कोभिडविरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन, अनुगमन तथा नियमन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।  यसअघि बुधवार राति नै शपथ ग्रहणपछि नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । उहाँले आन्तरिक मामिला तथा कानुन र भौतिक ...

गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ

गण्डकी प्रदेश सरकारले डेढ महिनापछि पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डेढ महिनापछि शुक्रबार थप ६ जना मन्त्री नियुक्त गर्दै पूर्णता दिएका हुन् ।  शुक्रबार थप ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ गराएकी हुन् ।काँग्रेसबाट कुमार खड्का भौतिक पूर्वाधार, विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिएका छन् । य