सप्तरी - सरकारको निर्णय विपरीत स्कुल सञ्चालन गर्ने ११ वटा निजी स्कुलका प्रधानाध्यापक पक्राउ परेका छन् ।
कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले गरेको विद्यालय बन्दको निर्णयकाे अवज्ञा गर्ने राजविराज नगरपालिकाका विभिन्न स्कुलका ११ जना प्रधानाध्यापक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सप्तरीको लक्ष्मी इङ्ग्लिस बोर्डिङ स्कुलका सञ्चालक राजेशकुमार यादव, जानकी सेकेण्डरी स्कुलका शिक्षक हरि किसुन राम, एन्जल बोर्डिङ स्कुलका सञ्चालक नरेन्द्र प्रसाद देव, पिस जोन स्कुलका सञ्चालक उमाकान्त साह, सिर्जना सेकेण्डरी ...