चैत ३०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले ३ लाख रुपैयाँ घूस लिएको आरोपमा प्रधानाध्यापकसहित दुई जनालाई बुधवार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट जिल्लाको बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय जोकहा, घिउराका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा छन् ।
अख्तियारले प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नका लागि घूस लिएको दावी गरेको छ । सेवाग्राहीबाट घूस/ रिसवत लिइसकेको अवस्थामा उनीहरुलाई अख्तियारले पक्राउ गरेको हो । उनीहरुलाई रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठ्ठाबाट रंगेहात पक्राउ गरेको बताएको छ ।