काठमाडौँ – सरकारले अनुसन्धान, आविष्कार तथा नवप्रवर्तन कोष बनाउनका लागि एक अर्ब बजेट छुट्याएको छ। सरकारले कुल बजेटको एक प्रतिशत अनुसन्धान, आविष्कार तथा नवप्रवर्तनका लागि छुट्याउने भएको हो। सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश शरण महतले यस्तो बतएका हुन्।