काठमाडौँ। इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई २–० गोल अन्तरले पराजित गरेको छ। खेलको २६औँ मिनेटमा जोआओ पेद्रोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। दोस्रो हाफमा कोल पाल्मरले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीको जित पक्का गरे। यस जितसँगै चेल्सी लिग तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । ब्रेन्टफोर्ड भने सातौँ स्थानमा झरेको छ।
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगेसँगै नेकपा (एमाले) भित्रको असन्तुष्टि सार्वजनिक रूपमा देखिन थालेको छ। सचिवालयले प्रभावशाली नेताहरूको निर्वाचन क्षेत्र परिवर्तन गर्ने निर्णय गरेपछि पार्टीकै नेताहरूबाट आलोचना सुरु भएको हो। शनिबार बसेको एमाले सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेललाई यसपटक पाल्पा क्षेत्र नं. २ बाट उम्मेदवार बनाउने निर्णय गर्यो। यसअघि रुपन्देही–२ बाट लगातार निर्वाचित […]
कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह महोत्सव’ शनिबार सम्पन्न भएको छ । कर्णालीका मौरीपालक तथा स्थानीय परम्परागत (रैथाने) बाली उत्पादक किसानले तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा आफ्ना उत्पादनहरूलाई प्रदर्शनीमार्फत बिक्रीवितरण पनि गरेका छन् । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ का अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, कृषि […]
४ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा युवराज दुलाल (शरद)लाई प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेद्वार बनाएको छ । संयोजक पुष्पकमल दाहाल प्रचण्डले आइतबार दुलालाई टिकट दिएका हुन् ।
प्रतिनिधि सभाको …