कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ को पुस मसान्तसम्म ९.५१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकायले पूँजीगततर्फ ६.०७ तथा चालुतर्फ १४.७५ प्रतिशत गरी औसतमा ९.५१ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
चालु आवका लागि कर्णाली सरकारले अध्यादेशमार्फत रु ३६ अर्ब ५७ करोड ९७ लाख ७१ हजार बजेट ल्याएको थियो । उक्त बजेटमध्ये हालसम्म रु तीन अर्ब ४८ करोड १० लाख १७ हजार मात्र खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार गत वर्ष यही अवधिसम्म १६.१३ प्रतिशत बजेट ...