काठमाडौं : देशमा विदेशी मुद्रा सञ्चिति घट्दै गएको छ। अर्थतन्त्रमा संकटको संकेत देखिएसँगै सरकारको ध्यान रेमिट्यान्स भित्र्याउनेतर्फ केन्द्रित भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय विदेशबाट आउने रेमिट्यान्ससमेत घट्दै गएको छ। वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिट्यान्स घट्दै गएको छ। अर्थतन्त्रको आधा हिस्सा वैदेशिक रोजगारी गएका नेपालीले पठाउने रेमिट्यान्सले धानेको थियो।रेमिट्यान्स घटेसँगै अर्थतन्त्रमा संकटको संकेत देखिएको सरोकारवाला बताउँछन्। नेपाल राष्ट्र बैंकले १६