मर्जरका लागि पार्टनर खोज्दै छौँ || Deep Prakash Pandey

मर्जरका लागि पार्टनर खोज्दै छौँ || Deep Prakash Pandey

सम्बन्धित सामग्री

कहाँ गयो पैसा ?

आज जताततै गुनासो छ, मान्छेहरूसँग पैसा छैन । बैंकमा पैसा छैन, व्यापारीसँग पैसा छैन, उपभोक्तासँग पैसा छैन । घुस दिनेसँग पनि छैन । लिनेसँग पनि छैन । रेमिट्यान्स बढे पनि पैसा छैन, सर्वसाधारणको घरखर्च घटे पनि पैसा छैन । त्यसो भए पैसा कहाँ गयो त ? तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले भनेका थिए, ‘कहाँ गएछ पैसा ? म खोज्दै छु ।’ अझै खोज्दै होलान् । त्यसो त उतिबेला एमालेका अर्थमन्त्री सुरेन्द्र पाण्डे र अघिल्ला अर्थमन्त्री विष्णु पौडेल पनि त्यै हराएको पैसा खोज्दै थिए क्यारे ! नेता र कार्यकर्ताले नगद घरमै राखे कि नगद बोकेर विदेश भागे ? कि चन्द्रहरूले डलरमा उतै कलर मिलाए ? देवीहरूले यताउति गरे ? कि क्रिप्टोमा छरे ? बजारबाट पैसा किन हराएछ त, कता हराएछ ? चुनावपछि पैसा बजारमा निस्कन्छ भन्थे, उल्टै हरायो त । नेता र कार्यकर्ताले नगद घरमै राखे कि नगद बोकेर विदेश भागे ? कि चन्द्रहरूले डलरमा उतै कलर मिलाए ? देवीहरूले यताउति गरे ? कि क्रिप्टोमा छरे ? हुण्डीमा पैसा उतै हुत्तियो ? कि राष्ट्र बैंक पैसा बोकेर सुत्दियो ? ल, ठीक छ हामीजस्ता सधैं खाली खल्तीवालाहरूसँग त पैसा भएन भएन । यी व्यापारी, बैंक र वित्तीय संस्थाहरूसँग किन भएन त ? ऋणीहरूले बैंकलाई तिरेनछन् भने कल्लाई दिएछन् त ? आखिर पैसा कहाँ गायब भइरहेको छ त ? देशका अर्थमन्त्री, गभर्नरहरूले थाहा पाउन नसकेको कुरा यो साधारण मनुष्यले कसरी थाहा पाउने ? सरकार त सरकार नै भइहाल्यो । सरकारले अर्थतन्त्रको सरोकार राख्नुपर्ने त हो । तर त्यसो भने पनि जनतालाई यसबारे भनिरहनुपर्ने के नै दरकार छ र ? उसैलाई अर्थतन्त्रको वास्तविक स्थिति थाहा भए पो भनोस् ? थाहा पाउन पो किन पर्‍या छ र ? सत्ता र भत्ता पक्का भएपछि बाँकी कुरा भाडमै जाओस्, के को चासो ?   भ्रष्टाचारी र काला व्यापारीले लुकाएका छन् भनौं भने पनि यहाँ को काला व्यापारी ? को गोरा व्यापारी ? कसले र कसरी छुट्ट्याउने ? तैपनि उनीहरूले बिटाका बिटा रुपियाँ बोरामा खाँदेर त पक्कै राखेका छैनन् होला । त्यसो गरे त त्यो पैसा नै कुहिएला । मतलव, त्यो पैसाले कि सुनचाँदी किनेर राखे होला । कि त घरजग्गा वा शेयर, बन्ड वा डिबेन्चरमा लगानी फ्याँके होला । कि त पछि फिर्ता माग्ने गरी विश्वासिला र नजिकका आफन्तहरूलाई दिए होला । हैन भने कुनै व्यापारीले ब्याजमा लिए होला । अथवा नजिकका उद्यमीलाई लगानी गर्न दिए होला । स्लिपिङ पार्टनर भए होला । यसो गरेको भए पनि त त्यो पैसा फर्केर बैंकमै आउनुपर्ने हो । किन आएन त ? कुन धन कालो ? कुन सेतो वा खैरो ? यहाँ छुट्ट्याउने कसले ? कोसँग कति छ भनेर भट्याउने कस्ले ? यस्तो खुुट्याउने कुनै सही संयन्त्र छ र हाम्रो देशमा ? विश्वले नै भ्रष्टाचारमा माहिर मुलुक भनेर चिनेको छ हाम्रो देशलाई । यसलाई रोक्न भनेरै त अख्तियार, केन्द्रीय अनुसन्धान ब्यूरो लगायत थुप्रै संस्था पनि खोलेका । तर खै त यिनले भ्रष्टाचारीलाई पोलेका ? खै त यिनले भ्रष्टाचारी देखेको ? खै त खोजेको ? देशमा भ्रष्टाचार भएकै छैन कि यी संस्थाका हाकिमहरूले घाँस खाएर बसे ?   कि पैसाजति विदेशै उड्यो त ? पढ्न र के के गर्न विदेश जानेले नेपाली पैसा बोकेर गए त ? तर नेपाली नोट जस्ताको तस्तै अरू देश जाने त कुरै भएन । विदेशमा नेपाली नोटै चल्दैन । नेपाली पैसा डलर, पाउन्ड, येन भएर विदेश गए पनि बैंकिङ प्रक्रियाबाटै जाने हो । त्यसको अभिलेख त राष्ट्र बैंकसँग भैहाल्छ । हुन्डी वा अरू माध्यमबाट गए पनि नेपाली नोट नै जाने त होइन । अनि कहाँ गयो त पैसा ? त्यसो भए सरकारले कराएर, थर्काएर अनि करकर गरी गरी उठाएको करको पैसा आफ्नो ढुकुटीमा राख्यो त ? तर सरकार पनि पैसा छैन भन्दै रुवावासी गर्दै छ त । ऊसँग पैसा भएको भए त खर्च गरिहाल्थ्यो होला । ठेकेदारहरूले भुक्तानी पाइहाल्थे होला । अनि उनीहरूले पनि त्यो पैसा फेरि खर्च गरिहाल्थे होला । अरूको पनि हातमा पुग्थ्यो होला । पछि बैंकमै आइपुग्थ्यो होला । त्यस्तो त भएको छैन, दुईचार जनालाई आसचपु बाँड्नेबाहेक । यसरी पैसा कहाँ गयो भनेर घोत्लिँदा पंक्तिकारले नयाँ तथ्य फेला पारेको छ । भएको के रहेछ भने, पैसा त जम्मै सोहोरिएर राष्ट्र बैंकमा पो पुगेछ । पैसा गायब हुनुको एक्लो कारण नै बैंकहरूको पनि बाउ बैंकमा पैसा थुप्रनु पो रैछ । कसरी भन्नुहोला । हेर्नुस्, व्यापार घाटा र चालू खाता घाटा भएपछि विदेशी मुद्रा राष्ट्र बैंकमा खासै टिक्नै पाएन । टिकेको भए त्यसको बराबर नेपाली रुपियाँ राष्ट्र बैंकले बजारमा पठाउनै पथ्र्यो । आयातका लागि भुक्तानी दिँदादिँदै डलर स्वाहा भयो । त्यसरी निस्केको डलर बराबरको रुपियाँ राष्ट्र बैंकमा थुप्रिनै पथ्र्यो, थुप्रियो । नूनदेखि सुनसम्म किन्न २० खर्ब रुपियाँबराबरको डलर विदेश भाग्ने रहेछ । जम्माजम्मी २ खर्ब रुपियाँ बराबरको डलरमात्रै निर्यातबाट हुल्न पाइने रहेछ । अनि रेमिट्यान्स र वैदेशिक अनुदान, ऋण आदिबाट पनि डलर आउने रहेछ । तर रेमिट्यान्स केही बढे पनि वैदेशिक अनुदान, ऋण आदिबाट आउने डलर यस वर्ष त करीब करीब शून्य नै रहेछ । विदेशबाट आएको सबै पैसा विदेश नै फर्किने गरेपछि देशमा पैसा खोजेर पाइन्छ त ? आएको डलर राष्ट्र बैंकबाट बाहिर फुरुरु । अनि नेपाली रुपियाँ बजारबाट राष्ट्र बैंकको सेफभित्र खुरुखुरु । यो त भयो रुपियाँ राष्ट्र बैंकमा थुप्रिने पहिलो कारण । दोस्रो कारण हो, कोभिड नामक किरो । कोभिड किरो त जीरो भइसक्यो भन्नुहोला । हो, कोभिड हटेर नै यो समस्या आएको हो । कोभिडको किराले खाएको अर्थतन्त्रलाई भिटामिन दिन ऊ बेला राष्ट्र बैंकले विभिन्न सरल र सहुलियत कर्जा दिएर पैसा सक्यो । कोभिड कम भएपछि त्यो पैसा उसले जसलाई दिएको थियो, तीबाट फिर्ता लिएर, जताबाट ल्याएको थियो, त्यतै थन्क्यायो । अर्थात् यसरी त्यो पैसा राष्ट्र बैंक पुग्यो, अनि बजारबाट हरायो । त्यही पैसा राष्ट्र बैंकले फेरि बजारमा पठाए हुँदैन त भन्नुहोला । त्यसो गर्न त अप्ठेरो हुन्छ नि । किनकि बजारमा कति पैसा पठाउने, कतिबेला पठाउने, किन पठाउने यी सबै कुरा एउटा निश्चित मापदण्ड र प्रक्रिया अनुसार गर्नुपर्ने हुन्छ । यसबारे कानून नै छ । राष्ट्र बैंकले चाहँदैमा जतिखेर मन लाग्यो त्यत्तिखेर, जति मन लाग्यो त्यति पैसा छाप्ने वा आपूmसँग भएको पैसा बजारमा छाड्ने भन्ने हुँदैन । यत्ति कुरा त बुझ्नुभयो नि ? राष्ट्र बैंकमा जम्मा भएको त्यो पैसा बजारमा निकाल्ने उपाय कुनै पनि मै हँु भन्ने अर्थशास्त्रीले अहिलेसम्म निकाल्न सकेनन् । किन त ? त्यो त उनीहरूले नै जानून् । अब आठ कक्षा मात्र पढेका भैंसी पालेर माथिमाथि चढेका, अनि अस्पताल समेत खोलेका अर्बपतिहरूले गरिरहेको आन्दोलनले पो आउने हो कि त्योे पैसा बजारमा ?

उपाय सिटी कार्गोको ‘उपाय फुलफिल्मेन्ट सर्भिस' बजारमा

उपाय सिटी कार्गोले ‘उपाय फुलफिल्मेन्ट सर्भिस' बजारमा ल्याएको छ । नेपाल भर साना देखि ठुला व्यापार तथा साधारण ग्राहकलाई समेत सेवा प्रदान गरि, ढुवानी क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउने लक्ष्य लिएको कम्पनीले ‘उपाय अन डिमाण्ड’ र ‘मेरो उपाय’ जस्ता सेवाहरुपछि तेस्रो सर्भिसको रुपमा उपाय फुलफिल्मेन्ट सर्भिसलाई ल्याएको हो ।कम्पनीका अनुसार  नेपालमा व्यापारिक तथा निजि प्रयोजनका लागि सस्तो अनि भरपर्दो ढुवानी सेवा प्रदायकको ठुलो माग छ । सोहि मागको पूर्ति गर्दै आएको उपाय सिटी कार्गोले आफ्नो नयाँ ‘उपाय फुलफिल्मेन्ट सर्भिस' अन्तर्गत एक्कै साथ धेरै ठाउँमा सामान डेलिभरी गर्न सकिन्छ। यो सेवा प्रदान गर्न उपायले रुट प्लानिङ सिस्टमको प्रयोग गर्दछ जसले ढुवानीमा लाग्ने समय र पैसा दुबैको बचत हुन्छ । यसको सोझै फाइदा ग्राहकलाई कम ढुवानी शुल्क र छिटो सामान डेलिभरी  मार्फत पर्न जान्छ । कम्पनीले भनेको छ 'रुट प्लानिङ सिस्टमले सामानको डेलिभरी गर्नुपर्ने ठाउँ अनुसार प्याकेजलाई छुट्याउछ र सोही अ अनुरूप डेलिभरी जान्छ । यसका साथै उपाय फुलफिल्मेन्ट सर्भिस मार्फत एकैसाथ धेरै सामानको पिकअप, सोर्टिङ र बन्ड्लिङ, र डेलिभरी गर्न सकिन्छ । यो सर्भिस खासगरी यस्तो व्यापारलाई उपयुक्त हुन्छ जसले निरन्तर रुपमा धेरै  सामानको एक्कै साथ फरक फरक ठाउँमा डेलिभरी अथवा पिकअप गर्नुपर्ने हुन्छ । यसका साथै ग्राहकको सहजताको लागि उपाय सिटी कार्गोको आफ्नै मोबाइल याप छ जसबाट ग्राहकले आफुलाई सहज हुने माध्यम मार्फत सजिलै भुक्तानी गर्न सक्छन्। 'उपाय फुलफिल्मेन्ट सर्भिसले ग्राहकहरुलाई सम्पूर्ण ढुवानी सेवासँग सम्बन्धित सबै सेवा एक्कै ठाउँबाट प्रदान गर्ने जनाएको छ। यो सेवालाई थप विस्तार गरी उपायले आगामी दिनमा नेपालका ३०० सहरमा आफ्नो डेलिभरी सेवा पुर्‍याउने योजना लिएको छ, उपया सिटी कार्गोका एमडी सुमन रायमाझीले बताए।हाल, उपायको फुलफिल्मेन्ट सर्भिसले काठमाडौंमा साना वस्तुहरूको लागि सुविधाजनक र किफायती डेलिभरी सेवाहरू प्रदान गरिरहेको छ । यो सेवा काठमाडौं भित्र आफ्नो समान डेलिभरी गर्न डेलिभरी सेवा खोज्ने ग्राहकहरूलाई उपयोगी हुन सक्ने कम्पनीले जनाएको छ।फुलफिल्मेन्टका निर्देशक सन्दिप सुवेदीले भन्छन् ' उपाय फुलफिल्मेन्ट सर्भिस मार्फत ग्राहकले आफ्नो सामानलाई फुलफिल्मेन्ट सेन्टरमा पनि राख्न सक्नु हुन्छ । यो सेवा यदि तपाई काठमाडौंमा अनलाइन व्यवसाय गर्दै हुनुहुन्छ अनि तपाई सबैभन्दा राम्रो, भरपर्दो, र सस्तो डेलिभरी पार्टनर खोज्दै हुनुहुन्छ भने, उपाय फुलफिल्मेन्ट तपाईको लागि हुन सक्छ।'

मर्जर भाँडिएपछि हिमालयन बैंक कारबाहीबाट जोगिन उपाय खोज्दै, 'पार्टनर खोजिदिनुस्'

काठमाडौं। 'बैंक डुबे डुबोस् तर मर्जर कुनै हालतमा हुन दिन्न' भनेर वार्षिक साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पारित हुन रोकेका

मर्जरका लागि पार्टनर खोज्दै बेष्ट फाइनान्स

३० भदौ, काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले मर्जरका लागि अर्को संस्था ९पार्टनर० को खोजी शुरु गरेको छ । उपयुक्त वित्तीय संस्थासँग गाभ्ने÷गाभिने तथा एक्विजिनस गर्ने कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिइएको छ । बुधबार बसेको कम्पनीको २४ औं वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो । साधारण सभाले आ।व २०७६÷७७ को वित्तीय विवरण […]

'मर्जरका लागि पार्टनर खोज्दै छौँ'

थोरै संख्या भएको भए समस्या हुँदैनथ्यो होला । झण्डै ४०/५० हजारको आयो । त्यसलाई भेरिफाई गर्न समस्या भएको हो । जस्तै, एउटै नाम दीप लेख्दा (डीआईपी पनि त्यही हुन्छ, डीईईपी पनि त्यही हुन्छ ) त्यसले भेरिफाइ गर्न गाह्रो हुँदोरहेछ