यही साता बजारमा ग्यासको अभाव हुने हल्ला चल्यो । केही वर्षअघि मात्रै देशले चरम नाकाबन्दी भोगेको अवस्थामा फेरि ग्यासको अभाव गराएर उपभोक्तालाई सास्ती दिन खोजिए पनि सफल भएनन् । व्यवसायीहरूको कमिसनको चलखेलले गर्दा पनि बजारमा ग्यासको अभाव गर्न खोज्दा उपभोक्ता सधैं मारमा पर्ने गरेका छन् । सरकार र ग्यास व्यवसायीबीचको कमिसनका विषयमा बेला–बेलामा मतान्तर हुँदा आमउपभोक्तालाई समस्या पर्नुका साथै दैनिक जीवनयापन चल्नसमेत गा-हो परेको सर्वसाधारणको गुनासो छ ।