रुसबाट सस्तो तेल आयात धमाधम बढाउँदै भारत, नेपालमा पनि सस्तिएला त पेट्रोलियम पदार्थ ?

जेठ १९, काठमाडौं । भारतीय तेल प्रशोधनकर्ता कम्पनीहरुले रुसले सस्तो मूल्यमा बेचिरहेको कच्चा तेल धमाधम किनीरहेका छन् । मे महीनामा भारतको रुसी तेल आयात यस अघि कहिले नदेखिएको स्तरमा  उक्लिएको छ । हालैका महीनामा देखिएको प्रवृत्ति हेर्ने हो भने जुनमा यसले पुनः अर्को उचाई छुनेछ ।  मेमा दैनिक रुपमा रुसबाट भारतले ८ लाख ४० हजार ६५४ ब्यारेल कच्चा तेल किनेको छ । यो अघिल्लो महीना र गत वर्षको सोही अवधिको तुलनामा निकै धेरै हो । अप्रिलमा आयातित कच्चा तेल दैनिक ३ लाख ८८ हजार ६६६ ब्यारेल थियो भने गत वर्षको सोही अवधिमा १ लाख ३६ हजार ७७४ ब्यारेल मात्रै थियो । जुनमा यो बढेर दैनिक १० लाख ५० हजार ब्यारेल पुग्ने अपेक्षा गरिएको छ ।  गत वर्ष भारतमा कुल आयातित तेलमध्ये २ प्रतिशत मात्रै रुसी तेल खपत भएको थियो । तर जुनमा यो बढेर एक चौथाईमा पुग्नेछ ।  भारी छूटमा रुसले बेचिरहेको कच्चा तेल किन्न पाउँदा भारतीय प्रशोधनकर्ताहरु खुसी छन् । अहिले रुसले ब्रेन्ट क्रुडको तुलनामा एक ब्यारेल तेल ४० डलरसम्म सस्तोमा बेचिरहेको छ ।  फेब्रअुरी २४ मा रुसले युक्रेनमाथि अतिक्रमण गरेपछि अमेरिका र पश्चिमी देशहरुले रुसमाथि विविध खालको प्रतिबन्धको घोषणा गरेका छन् । यूरोपेली संघ (ईयू) ले यही हप्ता मात्रै रुसबाट समुद्रमार्फत आयात हुने तेलको आयातमा रोक लगाउने घोषणा गरेका थिए ।  जर्मनी र पोल्यान्डले पाइपलाइनबाट हुने आयात अन्त्य गर्ने वाचा गरेका छन् ।  यसको अर्थ ईयूतर्फ आउने करीब ९० प्रतिशत रुसी तेलको आयात बन्द हुनेछ । रुसी तेल आयात गर्दै आएका जापान र दक्षिण कोरिया समेतका अन्य कयौं दशहरुले पनि आयात अन्त्य गर्ने वा कम गर्ने घोषणा गरेका छन् । तर विश्वको सबैभन्दा ठूलो र तेस्रो ठूलो कच्चा तेल आयातकर्ता चीन र भारतले चाँहि रुसी कच्चा तेल किनेर रुसी निर्यातकर्ताहरुलाई टेवा दिइरहेका छन् ।  यस्तोमा भारतको तेल निर्यात जोखिममा पर्ने देखिएको छ । भारतले रुसबाट ल्याएर प्रशोधन गरेको इन्धन किनिने सम्भावनाबाट बच्न रुसी तेलमाथि प्रतिबन्धको घोषण गरेका देशहरुले भारतबाट तेल किन्न  नमान्ने र यसले भारतको निर्यात धरापमा पर्ने खतरा छ । भारतले कच्चा तेल प्रशोधन गरेर ठूलो परिमाणमा निर्यात पनि गर्दै आएको छ । अहिलेसम्म रुसमाथिको प्रतिबन्ध भारतलगायत तेस्रो देशले कच्चा तेल ल्याएर प्रशोधन गरेको इन्धनमा लागू छ कि छैन भन्ने स्पष्ट छैन ।  तर भविष्यमा ती देशहरुले तेस्रो देशका प्रशोधनकर्ताहरुबाट आउने रुसी इन्धनमा पनि प्रतिबन्ध विस्तार गरे भने भारत, चीन लगायत देशहरुलाई समस्या हुने देखिएको छ । यसबाहेक पनि रुसी बन्दरगाहमा गएर आउने जहाजमा प्रतिबन्ध लाग्ने, रुसी कच्चा तेल कार्गोको बीमामा बन्देज रुसी तेलबाट प्रशोधन गरे बनाइएका प्रडक्टको कार्गोमा पनि बन्देज लाग्यो भने रुससँग भौतिक रुपमा व्यापार गर्न झनै कठिन हुँदै जानेछ । इरानको तेल र प्रडक्ट निर्यातमा लगाइएको प्रतिबन्ध त हामी सबैले देखि सकेका छौं । रुसी तेललाई पनि त्यस्तै खालको व्यवहार गरिदैंन भन्न सकिन्न । नेपालमा आयात हुने सबै खनिज इन्धन भारतबाटै आउने गर्दछ । भारतले अन्य देशहरुसँग किनेर प्रशोधन गर्ने पेट्रोलियम पदार्थ नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) सँग किन्ने गरेको छ । पछिल्लो समय भारतले मूल्य बढाएर पठाएपछि एनओसीले पनि नेपाली बजारमा पेट्रोलियम पदार्थको भाउ बढाइरहेको छ । भारतले रुससँग सस्तोमा तेल किन्ने क्रम यही तवरले बढ्दै जाने हो र भारतीय बजारमा पेट्रोलियम पदार्थ सस्तिँदै गयो भने भविष्यमा नेपाली बजारमा भारतबाट आउने पेट्रोलियम पदार्थ सस्तो होला कि भन्ने आशा भने गर्न सकिन्छ । एजेन्सीको सहयोगमा 

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थ अन्वेषण मुआब्जा विवाद सुल्झियो

दैलेख – पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने भन्दै अघि बढाएको जग्गा खरिद प्रक्रिया अन्तर्गतको मुआब्जा वितरणलाई लिएर स्थानीयले असन्तुष्टि जनाएका थिए । पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत मुआब्जा वितरण प्रक्रिया अघि बढाएको थियो । भैरवी–१ रावतकोटका २७ घरलाई प्रतिरोपनी १ लाख ५० हजार रुपैयाँका दरले मुआब्जा दिने प्रक्रिया अघि बढाएपछि स्थानीयले वि...

ट्यांकरबाटै पेट्रोलियम पदार्थ तस्करी

वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्यांकरबाटै पेट्रोलियम पदार्थ तस्करी हुने गरेको पाइएको छ। भारतबाट पेट्रोलियम पदार्थ लोड गरेर वीरगञ्ज भन्सार नाका हुँदै नेपाल आउने ट्यांकरबाटै तेल तस्करी हुने गरेको छ। वीरगञ्जको आइसिपी भन्सार नाकामा चेकजाँचका क्रममा भारतको बरौनीबाट पेट्रोल लिएर आएको ट्यांकरमा बढी पेट्रोल भएको पाइएपछि पेट्रोलियम पदार्थको तस्करी भन्सार […]

पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन स्थगित

२ भदौ, काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन स्थगित भएको छ । नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा समायोजनलगायत माग राखी बिहीबारबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । तर, नेपाल आयल निगमका केही सञ्चालक नेपाल बाहिर रहेको र उनीहरु आएपछिको सञ्चालक समिति बैठकबाट आवश्यक निर्णय गर्ने सहमति भएसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको […]

दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप

मुलुकमै पेट्रोलियम पदार्थ उत्पादन गर्ने उद्देश्यसहित दैलेख जिल्लाको ज्वाला क्षेत्रमा जारी पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी …

दैलेखको पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थपियो

दैलेख : पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ। जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि समय थपिएको हो। पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा गणेशनाथ त्रिपाठीले बताए। उनले कोभिड महामाहारीका कारण बन्द भएको काम चिनियाँ टोली नेपाल आउनसाथ पेट्रोलियम पदार

पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप

पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा गणेशनाथ त्रिपाठीले...

पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप

दैलेख – पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ । जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि समय थपिएको हो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय […]

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्न समय थप गरियो

काठमाडौँ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरिएको छ। जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि दुई वर्ष थपिएको हो। पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय […]

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्न थपियो दुई वर्ष

दैलेख : पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरिएको छ। जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि दुई वर्ष थपिएको हो।पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा.गणेशनाथ त्रिपाठीले बताए।डा.त्रिपाठीले चिनिया टोली नेपाल आउन साथ दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण

तेस्रो चरण पेट्रोलियम पदार्थ उत्खननका लागि चिनिया टोली

पेट्रोलियम पदार्थ उत्खननअन्तर्गत तेस्रो चरणमा गरिने ड्रिलिङको अध्ययनका लागि चिनियाँ टोली यही महिना दैलेख आउने भएको छ । कोरोना महामारीका कारण केहि समयपछि परेको पेट्रोलियम पदार्थ उत्खनन तथा अन्वेषणको कामले तीव्रता पाएको छ । तस्वीर रासस