काठमाडाैँ- आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणत्मक शृंखलाको तेस्रो खेलमा आज नेपाल र नामिबिया भिड्दै छन्। नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ। शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो। नामिबियाले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल एक सय ८० रनमा अलआउट भएको थियो। […]