प्युठान स्वर्गद्वारीमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण

खलङ्गा । राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानअन्तर्गत स्व स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ को सारीमा प्रशिक्षण सम्पन्न भएको छ । वडा नम्बर ६ का वडाअध्यक्ष तथा राजमो प्युठानको टोली नम्बर ३ का संयोजक गिरबहादुर गुरुङको प्रमुख आथिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्बर ६ का वडासदस्य तथा टोली नम्बर ३ का सदस्य मोहन गोराथोकी, वडा नम्बर ७ का वडासदस्य यमप्रसाद घिमिरे र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व केन्द्रीय सदस्य यमप्रसाद शर्माको समेत आतिथ्यता रहेको थियो । राजमो नगर समितिका सचिव तथा टोली नम्बर ३ का सदस्य गङ्गाराम बिसीको सन्चालन तथा राजमो सारिका नेता बालाराम घर्तीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको अध्यक्षता राजमो ५ नम्बर वडा समितिका अध्यक्ष खेतबहादुर राहुले गर्नुभएको थियो

सम्बन्धित सामग्री

प्युठान स्वर्गद्वारीमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण

खलङ्गा । एकमहिने सङ्गठन तथा सङ्घर्षको कार्यक्रमअन्र्गत प्युठानको स्वर्गद्वारीमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गिरबहादुर को प्रमुख आतिथ्यतामा स्वर्गद्वारी नगरपालिका वडा नं. ५ ओर्लामा सोमबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा समसामयिक राजनीतिक परिस्थितिको बारेमा प्रमुख अथिति गिरबहादुर गुरुङले प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा राष्ट्रिय जनमोर्चाको वडा समितिका अध्यक्ष दामोदर गोराथोकीलगायत यमप्रसाद घिमिरे, लङ्क घर्तीमगर र अखिल नेपाल महिला सङ्घकी जिल्ला सदस्य खुमा अधिकारीको समेत आतिथ्यता रहेको थियो । सो अवसरमा डिलबहादुर बुढामगरको अध्यक्षतामा राष्ट्रिय जनमोर्चाको सात सदस्यीय को टोल समिति गठन गरिएको थियो। त्यसैगरी वडा नं. ७ कै तापकोटमा डोरबहादुर सुनारको अध्यक्षतामा सात सदस्यीय अर्को टोल समिति गठन भएको प्राप्त समाचारमा जनाइएको छ ।

गौमुखी गाउँपालिकाको वडा-वडामा प्रशिक्षण, संघर्षसँगै संगठन विस्तार

प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानले गौमुखी गाउँपालिकाका विभिन्न वडाहरुमा प्रशिक्षण भेला सञ्चालन गरिरहेको छ । भेलाले टोल टोलमा राजमोको संगठन निर्माणका लागि विभिन्न टोलीहरु निर्माण गरेको छ भने संघर्षका कार्यक्रमसमेत अघि बढाउने निर्णय गरिएको छ । आइतबार (माघ ११ गते) गौमुखी गाउँ पालिकाको वडा नम्बर ७ नारिकोटमा राजमोले देशको तत्कालीन राजनीतिक परिस्थितिबारे प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । भेलाले ओली सरकारले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध संघर्षको कार्यक्रम तय गर्नुका साथै वडालाइ नौ वटा टोलमा विभाजन गरि संगठनात्मक अभियान सन्चालन गर्न तीन वटा टोलि परिचालन गर्ने निणय पनि गरेको छ । चन्द्रबहादुर केएमको अध्यक्षता, हुकुम बहादुर थापाको संचालन र मधु जिसिको स्वागत भाषणबाट अगाडि बढेको उक्त भेलामा प्रमुख प्रशिक्षकको रूपमा राजमो केन्द्रीय प्रतिनिधि बासुदेव पोख्रेलले प्रशिक्षण दिनु भएको थियो । भेलामा नेकपा (मसाल) प्युठान जिल्लाका प्रवक्ता ज्ञामुराम न्यौपाने, महिला नेतृ तारा पुरी, वडा सदस्य ज्ञानबहादुर कुँवर लगायतले मन्तव्य राख्नु भएको थियोे भने मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्ढिगढका सदस्य बेगम कुँवरले गित तथा संगीत प्रस्तुत गर्नु भएको थियो । गौमुखी १, २ र ४ मा प्रशिक्षण यस्तै, यसअघि माघ ९ गते राजमोले गौमुखी गाउँपालिका वडा नं ४ पुजामा प्रशिक्षण भेला सम्पन्न गरेको छ । नेता वाशुदेव पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपाने, राजमो जिल्ला सदस्य भरतबहादुर केसी, जिल्ला सल्लाहकार हरिबहादुर केसीलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो । भेलाको अध्यक्षता राजमो वडा समितिका अध्यक्ष शालिकराम शर्माले गर्नुभएको थियो भने सञ्चालन बाबुराम केसी र स्वागत कृष्णप्रसाद जैशीले गर्नुभएको थियो । कार्यक्रममा राजमो गौमुखी गाउँपालिकाका अध्यक्ष जनक केसी, अनेमसंघकी जिल्ला सदस्य शान्ता गिरी, जातीय समता समाजका लक्ष्मण सुनार लगायतको आतिथ्यता रहेको थियो । भेलाले वडा नं ४ मा संगठन निर्माण गर्न तीन टोलि परिचालन गर्ने र प्रतिनिधि सभा विघटनविरुद्ध माघ १५ गते मसाल जुलुश गर्ने निर्णय गरेको छ । यसैगरी माघ १० गते गौमुखी गाउँपालिका वडा नं १ र २ को संयुक्त भेला अर्घामा ...

प्युठान मल्लरानीको चार वटा वडामा राष्ट्रिय जनमोर्चाको एकैसाथ भेला सम्पन्न

कमल पौडेल/प्युठान ।। मल्लरानी गाउँपालिका चार वटै वडाहरूमा आज माघ १० गते एकैसाथ राष्ट्रिय जनमोर्चाको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छ्न । १ नं. वडामा रुमान केसीको अध्यक्षता तथा राजमो मल्लरानीका अध्यक्ष सूर्यबहादुर सार्कीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम अगाडि बढेको थियो । कार्यक्रममा सफलताको शुभकामना दिनेहरूमा अखिल नेपाल शिक्षक सङ्घका महासचिव चक्रपाणि पौडेल, वडाध्यक्ष चिन्ताबहादुर राहु, अखिल नेपाल युवक सङ्घका जिल्ला उपाध्यक्ष कमल पौडेल हुनुहुन्थ्यो । कार्यक्रममा स्वागत मन्तव्य जीवन राहुले र सञ्चालन चुमानसिंह घर्तीमगरले गर्नु भएको थियो । भेलापछि १ नं. वडामा यही माघ १४ देखि २० गतेसम्म सबै टोलटोलमा पुगेर भेला, समिति गठन, पर्चा वितरण गर्ने कार्यक्रम तय गरिएको छ । त्यसैगरी, वडा नं. २ मा गणेश जिसीको अध्यक्षतामा मल्लरानी गाउँपालिका अध्यक्ष अम्मरध्वज रानाको प्रमुख आतिथ्यथामा भेला अगाडि बढेको थियो । भेलामा २ नं. वडाध्यक्ष लेखबहादुर थापा, राजमो मल्लरानीका सचिव जीवन केसी, अखिल नेपाल शिक्षक सङ्घका दिनामणि पौडेललगायतले शुभकामा दिनुभएको थियो । कार्यक्रमको सञ्चालन सोभबहादुर घर्तीले गर्नुभएको थियो । माघ ११ देखि २० गतेसम्म टोलटोलमा पुगी भेला, समिति गठन/पुनर्गठन गर्ने कार्यक्रम तय भएको प्राप्त समाचारमा जनाइएको छ । एवम् प्रकारले वडा नं. ३ मा पनि गिरिराज पौडेलको अध्यक्षता तथा राजमो केन्द्रीय सदस्य तथा प्युठान जिल्लाध्यक्ष कृष्णबहादुर खड्काको उपस्थितिमा भेला सम्पन्न भएको छ । भेलाले यही माघ १६ देखि २४ गतेसम्म वडाका सबै टोलटोलमा पुगि भेला, समिति गठन, प्रशिक्षणजस्ता कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रम गङ्गाराम पौडेलले सञ्चालन गर्नुभएको थियो । त्यस्तै, मल्लरानी ४ नं. वडाको भेला पनि खलङ्गामा आजै सम्पन्न भयको छ । नारायण पान्डेको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख केसवराज आचार्यको प्रमुख आतिथ्यतामा अगाडि बढेको उक्त कार्यक्रममा मल्लरानी गाउँपालिकाकी उपाध्यक्ष सरिता जिसी, शिक्षक सङघ–सङ्गठनका जिल्ला उपाध्यक्ष कल्याण खड्का, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य हुमलाल नेपालीका साथै बासु श्रेष्ठ, माधव श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । भेलाले तीन वटा टोली बनाई यही फागुन ११ देखि २९ गतेसम्म सबै बस्ती, टोलटोलमा पुगी भेला, समिति गठन, पर्चा वितरण गर्ने कार्यक्रम तय ...

झिम्रुकको वडा-वडामा प्रशिक्षण, राजमोमा प्रवेश जारी

नवीन केसी, प्युठान । सरकारले संसद विघटन गरेपछि राष्ट्रिय जनमोर्चाले संगठन परिचालन, भेला र संघर्षका कार्यक्रमहरु सँगसँगै अगाडि बढाएको छ । झिम्रुक गाउँपालिकाका विभिन्न वडाहरुमा भेला तथा प्रशिक्षणहरु भइरहेका छन् । झिम्रुकको वडा नम्बर ३ अमराई हल्तेमा राजमोको प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका वैकल्पिक जिल्ला सदस्य तथा भिमरुक गाउँपालिका सचिव केशरजङ्ग एमसीको प्रमुख आतिथ्यतामा माघ ९ गते भेला सम्पन्न भएको छ । भेलामा एमसीले देशको तात्कालिक राजनीतिक परिस्थितिबारे प्रशिक्षण दिनुभएको थियो । उहाँले वर्तमान ओली सरकारले संसदको विघटन गरेर देशलाई अस्थिरतातर्फ लगेको हुनाले सरकार विरुद्धमा संघर्ष गर्नुपरेको बताउनुभयो । भेलामा जातीय समता समाजका जिल्ला सदस्य विनोद विकले राष्ट्रियता र संगठानत्मक विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता हरि खड्काको पनि आतिथ्यता रहेको थियो । कार्यक्रम राष्ट्रिय जनमोर्चा वडा सचिव तथा निर्वाचित वडा सदस्य नवराज केसीको सञ्चालन तथा राजमो झिमरुक गाउँपालिका वडा ३ सदस्य जगतबहादुर महतराको अध्यक्षतामा सम्पन्न भएको थियो । राष्टिय जनमोर्चामा प्रवेसको लहर यता, झिम्रुक गाउँपालिका–७ बाट नेपाली कांग्रेस, नेकपा परित्याग गरि दर्जनौं कार्यकर्ता राजमोमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा गनबहादुर सुनार, गोठे सुनार, सुनिल सुनार, रिना विक, रामबहादुर विक, खलाने सुनार, फुर्सबहादुर थापा, कृष्ण बहादुर सुनार, कमान बस्नेतलगायत हुनुहुन्छ । नव प्रवेशीलाई राजमो नेता तिलक जिसि, वीरबहादुर जिसि, टीकाबहादुर जिसिले अबिर लगाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा युवा नेता भरत ढकाल, राजमो नेता रामचन्द्र भण्डारी सहित विभिन्न मोर्चाका नेताहरुको उपस्थिति भएको थियो । भेलाको अध्यक्षता दिनेन्द्र महतारा र स्वागत भाषण ठाकुर गिरिले गर्नु भएको थियो भने सञ्चालन लोकबहादुर महताराले गर्नु भएको थियो । विभिन्न पार्टी परित्याग गरी सामुहिकरुपमा राजमोमा प्रवेश

प्युठान माण्डवीमा राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ता भेला

खलङ्गा । प्युठान माण्डवी–४ को दमारस्थित अमर क्याम्पसमा राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । ओली सरकारको अलोकतान्त्रिक कदमको विरोधमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष इमानसिंह केसी तथा अतिथिहरूमा नगर उपाध्यक्ष इन्द्रबहादुर खड्का, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार थमन बुढा, स्वर्गद्वारी नगरपालिका–४ का वडासदस्य ओबिराम जिएम र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य गिरिराज परियार हुनुहुन्छ । कार्यक्रममा वर्तमान राजनीतिक परिस्थितिबारे इमानसिंह खड्का र ओबिराम जिएम, सामाजिक जनजागरणबारे इन्द्रबहादुर खड्का, पार्टीको नीति, सिद्धान्त र जनवादी केन्द्रीयताबारे थमन बुढाले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा चुमानसिँह केसीको अध्यक्षता रहेको थियो ।

झिम्रुक-६ मा पार्टी प्रवेश गराउँदै संगठन निर्माण सुरु, १० टोली परिचालन

प्युठान । राष्ट्रिय जनमोर्चा झिम्रुक गाउँपालिकाको –६ मा अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा राजमोका केन्द्रीय प्रतिनिधी वासुदेब पोख्रेलले देशको तात्कालिन राजनीतिक परिस्थितीको बारेमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै, झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीले गाउँपालिकाले गरेको विकास निमार्णका बारेमा जानकारी गराउनु भएको थियो भने अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरबहादुर जिसीले प्रशिक्षण भेलाको उद्यश्य बारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेकपा माओवादीका पुराना नेता शिवबहादुर केसी सो पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्नुभएको थियो । उहाँलाई नेता पोख्रेलले अविर लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो । भेलाले प्रत्येक टोल–टोलमा संगठन विस्तार गर्नको लागि १० वटा टोली बनाएको छ । त्यस्तै यही माघ २४ गते ओली सरकारले गरेको संसद विघटन असंवैधानिक र अप्रजातान्त्रिक भएको भन्दै विरोध सभा गर्ने भएको छ । भेलामा दिलीप बिकको अध्यक्षता, भरत ढकालको स्वागत तथा हेमराज भट्टराईको सञ्चालन रहेको थियो भने ६ न.वडा अध्यक्ष निमानसिंह जिसीको पनि उपस्थिती थियो । यो पनिः झिम्रुकको वडा नं ४ मा संगठन निर्माण गर्न १० टोली परिचालन प्युठान झिम्रुकमा राष्ट्रिय जनमोर्चाको भेला

प्युठान झिम्रुकमा राष्ट्रिय जनमोर्चाको भेला

खलङ्गा । झिम्रुक गाउपालिका वडा नम्बर ५ को भेला राजमो वडाध्यक्ष निमबहादुर रोकाको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त भेलामा राजमो केन्द्रीय प्रतिनिधि बासुदेव पोख्रेलले देशको तात्कालिक राजनीतिक परिस्थितिबारे प्रशिक्षण दिनुभएको थियो । भेलामा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सचीव वीरबहादुर जिसी र वडाध्यक्ष टीका जिसीको पनि आतिथ्यता रहेको थियो । भेलाले ओली सरकारको संसद विघटन गर्ने असंवैधानिक र अप्रजातान्त्रिक कार्यको विरुद्धमा जनचेतना अभियान सन्चालन गर्ने निणय गरेको छ। त्यसैगरी, वडालाई आठ वटा टोलमा विभाजन गरी जनचेतना र सङ्गठन विस्तार अभियानका लागि आठ वटा टोली परिचालन गर्ने निणय गरेको छ । साथै भेलाले आगामी माघ २५ गते हिरापोखरीमा वडास्तरीय सभा गर्नेसमेत निणय गरेको प्राप्त समाचारमा जनाइएको छ ।

झिम्रुकको वडा नं ४ मा संगठन निर्माण गर्न १० टोली परिचालन

प्युठान । राष्ट्रिय जनमोर्चाले प्युठानको झिम्रुक गाउँपालिका वडा नं ४ मा संगठन निर्माण गर्न १० वटा टोली परिचालन गर्ने भएको छ । राजमो झिम्रुकको आयोजनामा मंगलबार भएको वडास्तरीय संयुक्त प्रशिक्षण भेलाले १० वटा टोली परिचालन गर्ने निर्णय गरेको हो । अभियान अन्तर्गत संगठन निर्माणसँगै प्रतिनिधि सभा विघटनविरुद्ध विरोध कार्यक्रम आयोजना गरिने राजमो भिम्रुकले जनाएको छ । भेलामा राजमोका पूर्व केन्द्रीय सदस्य वाशुदेव पोख्रेल र झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीले प्रशिक्षण दिनुभएको थियो । राजमो वडा समितिका अध्यक्ष हिकमतसिंह केसीको अध्यक्षता र लिमानसिंह जिसीको सञ्चालनमा सम्पन्न प्रशिक्षण भेलामा अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य वीरबहादुर जिसी र वडाअध्यक्ष सीताराम पोख्रेलको पनि आतिथ्यता रहेको थियो ।

झिमरूकमा राजमोको ‘संघर्ष र संगठन’ अभियान सुरु

प्युठान । राष्ट्रिय जनमोर्चा झिमरुक गाउँसमितिले ‘संगठन र संघर्ष’ अभियानको सुरुवात गरेको छ । शनिबार गाउँपालिकाको वार्ड न १ मा अगुवा कार्यकर्ता प्रशिक्षण भेला गरी कार्यक्रमको सुरुवात गरिएको हो । राजमो लुम्बिनी प्रदेश सदस्य तथा झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा (मसाल) रूपन्देही प्रवक्ता नारायण जिसी, राजमो प्युठानका सदस्य तथा झिमरुक ५ न का वार्ड अध्यक्ष टीका जिसि, अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरबहादुर जिसि, अखिल नेपाल शिक्षक संघ प्युठानका सचिव डम्मर जिसिले पनि प्रशिक्षण दिनु भएको थियोे । जातीय समता समाज प्युठान जिल्ला सदस्य मिनबहादुर विक, अखिल नेपाल जनजाती सम्मेलन झिमरुक गाउँ समितिका अध्यक्ष प्रतिमान पुन, अखिल नेपाल महिला संघका वार्ड सचिव रनि थापा, अखिल नेपाल युवक संघका वार्ड सदस्य सन्जय केसीलगायत नेताहरुको आतिथ्यता रहेको प्रशिक्षण भेलामा अखिल(छैठौं) का केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष चोपबहादुर विकले वार्ड स्तरको योजना प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता राजमो वार्ड अध्यक्ष दिपक क्षेत्री र सन्चालन सचिव विजयविक्रम जिसीले गर्नु भएको थियो । यो पनिः झिमरूकमा राजमोको प्रशिक्षण भेला, वडास्तरमा विरोध कार्यक्रम गर्ने निर्णय

झिमरूकमा राजमोको प्रशिक्षण भेला, वडास्तरमा विरोध कार्यक्रम गर्ने निर्णय

प्युठान । राष्ट्रिय जनमोर्चाको झिमरूक गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेला शुक्रबार सम्पन्न भएको छ । राजमोका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा जिसीको प्रमुख आतिथ्यतामा प्रशिक्षण भेला भएको हो । कार्यक्रममा झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसी, कर्मचारी संगठनका जिल्ला संयोजक यामलाल पोख्रेल, अखिल नेपाल शिक्षक संघका जिल्ला सचिव डम्बर जिसी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरबहादुर जिसी, ५ नं वडा अध्यक्ष टिका जिसी, नेकपा (मसाल) रूपन्देही जिल्ला प्रवक्ता नारायण जिसीले समसामयिक बिषयमा प्रशिक्षण दिनुभएको थियो । राजमो झिमरूकका अध्यक्ष सिद्दिमान जिसीको अध्यक्षता, शकुन्तला जिसीको स्वागत तथा विनोद विकको सञ्चालनबाट अघि बढेको कार्यक्रममा स्वर्गीय नेता कृष्णप्रसाद पोख्रेल प्रति श्रद्धाञ्जली पनि व्यक्त गरिएको थियो । त्यस्तै, प्रशिक्षण भेलामा अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष मिनबहादुर केसी, जातीय समता समाजका जिल्ला सदस्य दिलीप विक, ४ नम्बर वडाका अध्यक्ष सिताराम पोख्रेल, ६ का अध्यक्ष निमानसिंह जिसी, अखिल नेपाल युवक संघ झिमरूकका अध्यक्ष भरत ढकाल, महिला नेतृ तुलसा केसी, किसान झिमरूक उपाध्यक्ष ठाकुर गिरी, शिक्षक संघका झिमरूक अध्यक्ष गोपाल गिरी, समता समाज झिमरूकका रेकम रसाइली, कर्मचारी संघ झिमरूक अध्यक्ष लिलामणी पोख्रेल, बयोवृदद्धय रेकम महतारा र ढुण्डिराज पोख्रेलको पनि आतिथ्यता रहेको थियो । सो भेलाले झिमरुकका सबै वडाहरुमा ‘प्रतिनिधि सभाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको विरोध, राष्ट्रियता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षा’लगायतका विषयमा विरोध कार्यक्रम गर्ने निर्णय समेत गरेको राजमोले जनाएको छ ।