खलङ्गा । झिम्रुक गाउपालिका वडा नम्बर ५ को भेला राजमो वडाध्यक्ष निमबहादुर रोकाको अध्यक्षतामा सम्पन्न भएको छ ।
उक्त भेलामा राजमो केन्द्रीय प्रतिनिधि बासुदेव पोख्रेलले देशको तात्कालिक राजनीतिक परिस्थितिबारे प्रशिक्षण दिनुभएको थियो ।
भेलामा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सचीव वीरबहादुर जिसी र वडाध्यक्ष टीका जिसीको पनि आतिथ्यता रहेको थियो ।
भेलाले ओली सरकारको संसद विघटन गर्ने असंवैधानिक र अप्रजातान्त्रिक कार्यको विरुद्धमा जनचेतना अभियान सन्चालन गर्ने निणय गरेको छ।
त्यसैगरी, वडालाई आठ वटा टोलमा विभाजन गरी जनचेतना र सङ्गठन विस्तार अभियानका लागि आठ वटा टोली परिचालन गर्ने निणय गरेको छ ।
साथै भेलाले आगामी माघ २५ गते हिरापोखरीमा वडास्तरीय सभा गर्नेसमेत निणय गरेको प्राप्त समाचारमा जनाइएको छ ।