खलङ्गा । प्युठान माण्डवी–४ को दमारस्थित अमर क्याम्पसमा राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
ओली सरकारको अलोकतान्त्रिक कदमको विरोधमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष इमानसिंह केसी तथा अतिथिहरूमा नगर उपाध्यक्ष इन्द्रबहादुर खड्का, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार थमन बुढा, स्वर्गद्वारी नगरपालिका–४ का वडासदस्य ओबिराम जिएम र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य गिरिराज परियार हुनुहुन्छ ।
कार्यक्रममा वर्तमान राजनीतिक परिस्थितिबारे इमानसिंह खड्का र ओबिराम जिएम, सामाजिक जनजागरणबारे इन्द्रबहादुर खड्का, पार्टीको नीति, सिद्धान्त र जनवादी केन्द्रीयताबारे थमन बुढाले प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा चुमानसिँह केसीको अध्यक्षता रहेको थियो ।