झिमरूकमा राजमोको ‘संघर्ष र संगठन’ अभियान सुरु

प्युठान । राष्ट्रिय जनमोर्चा झिमरुक गाउँसमितिले ‘संगठन र संघर्ष’ अभियानको सुरुवात गरेको छ । शनिबार गाउँपालिकाको वार्ड न १ मा अगुवा कार्यकर्ता प्रशिक्षण भेला गरी कार्यक्रमको सुरुवात गरिएको हो । राजमो लुम्बिनी प्रदेश सदस्य तथा झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा (मसाल) रूपन्देही प्रवक्ता नारायण जिसी, राजमो प्युठानका सदस्य तथा झिमरुक ५ न का वार्ड अध्यक्ष टीका जिसि, अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरबहादुर जिसि, अखिल नेपाल शिक्षक संघ प्युठानका सचिव डम्मर जिसिले पनि प्रशिक्षण दिनु भएको थियोे । जातीय समता समाज प्युठान जिल्ला सदस्य मिनबहादुर विक, अखिल नेपाल जनजाती सम्मेलन झिमरुक गाउँ समितिका अध्यक्ष प्रतिमान पुन, अखिल नेपाल महिला संघका वार्ड सचिव रनि थापा, अखिल नेपाल युवक संघका वार्ड सदस्य सन्जय केसीलगायत नेताहरुको आतिथ्यता रहेको प्रशिक्षण भेलामा अखिल(छैठौं) का केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष चोपबहादुर विकले वार्ड स्तरको योजना प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता राजमो वार्ड अध्यक्ष दिपक क्षेत्री र सन्चालन सचिव विजयविक्रम जिसीले गर्नु भएको थियो । यो पनिः झिमरूकमा राजमोको प्रशिक्षण भेला, वडास्तरमा विरोध कार्यक्रम गर्ने निर्णय

सम्बन्धित सामग्री

नागरिकताविहीन संघर्ष समितिको मेची–महाकाली अभियान सुरु

काठमाडौं, १० चैत्र । नागरिकताविहीन संघर्ष समिति नेपालले मेची महाकाली हस्ताक्षर अभियान सुरु गरेको छ । आज (शुक्रबार) देखि सुरु भएको अभियानमा नागरिकता विधेयक तत्काल प्रमाणीकरण र नेपालको संविधानको धारा १० र ११ को उपधाराहरु ३ र ५ अक्षरस कार्यान्वयनको माग गर्दै मेची महाकाली हस्ताक्षर अभियान सुरु गरेका हुन् । जन्मको आधारमा नागरिकता पाएका नेपाली […]

महिला हिंसाविरुद्ध सचेतना जगाउन वर्ल्डलिंकले सुरु गर्‍याे ‘पाेडकास्ट’ अभियान

काठमाडाैँ- इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरायित्व (सिएसआर) अन्तर्गत महिला हिंसाविरुद्धको सचेतना जगाउन ‘पोडकास्ट’ अभियान सुरु गरेकाे छ। ‘अरेञ्ज द वर्ल्ड’ नामक सो अभियानअन्तर्गत पूर्वमिस नेपाल सुगारिका केसीले विभिन्न क्षेत्रमा नाम कमाएका १० महिलालाई समेटेर ती महिलाको संघर्ष र हिंसाविरुद्धको अभियानमा उनीहरूको भूमिकाबारे ६ वटा पोडकास्ट तयार पारेकी थिइन्। पोडकास्टअन्तर्गत अन्तर्राष्ट्रिय शारीरिक सुगठन […]

अखिल क्रान्तिकारीको त्रिवि बचाउ अभियान, तस्बिरहरु हेर्नुहोस्

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ‘त्रिवि बचाउ संघर्ष’ अभियान सुरु गरेको छ। विश्वविद्यालय सुधारका लागि आन्दोलनको आवश्यकता नसकिएको भन्दै विश्वविद्यालय रुपान्तरणका लागि आन्दोलनहरुको स्वरूप बदल्ने उचित समय आएको उल्लेख हो ।संगठनले संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ। संघर्षका कार्यक्रमहरुमा विम्वात्मक रुपमा भदौ १५ देखि २२ गतेसम्म २४ सै घण्टा विश्वविद्यालय खुल्ला राखिनेछ । सो कार्यक्रम अन्तर्गत कक्षाकोठाहरु खुल्ला राख्दै पढाई सुचारु गर्ने र सबै तहका कार्यकक्षहरु खुल्ला

क्रान्तिकारीले सुरु गर्यो 'त्रिवि बचाउ संघर्ष’ अभियान

काठमाडौं :  नेकपा माओवादी केन्द्र निकटको अनेरास्ववियु क्रान्तिकारीले ‘त्रिभुवन विश्वविद्यालय बचाउ संघर्ष’ सुरु गरेको छ।विश्वविद्यालय सुधारको लागि आन्दोलनको आवश्यकता नसकिएको भन्दै क्रान्तिकारीले विश्वविद्यालय रुपान्तरणको लागि आन्दोलनहरूको स्वरूप बदल्ने उचित समय आएको जनाएको छ।एक विज्ञप्ति जारी गर्दै संगठनले संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ। आजदेखि भदौ २२ गतेसम्म २४ घण्टा विश्वविद्यालय खुल्ला रहने अभियान सुरु गरेको जनाएको छ।विश्वविद्यालय २४ घण्टा खुल्ला राख्‍ने, कक

अखिल क्रान्तिकारीले सुरु गर्यो त्रिवि बचाउ अभियान

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ‘त्रिवि बचाउ संघर्ष’ अभियान सुरु गरेको छ। उक्त संगठनले आज एक विज्ञप्ति जारी गरी त्रिवि बचाउ अभियान सुरु गरेको हो । जारी विज्ञप्तिमा विश्वविद्यालय सुधारका लागि आन्दोलनको आवश्यकता नसकिएको भन्दै विश्वविद्यालय रुपान्तरणका लागि आन्दोलनहरुको स्वरूप बदल्ने उचित समय आएको उल्लेख छ ।विज्ञप्ति जारी गर्दै सो विद्यार्थी संगठनले संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ। संघर्षका कार्यक्रमहरुमा विम्वात्मक रुपमा भदौ १५ देखि २२ गतेसम्म २४ सै घण्टा विश्व

कैलालीको दुर्गौली र लम्कीमा राजमोको विरोध सभा

कैलाली । राष्ट्रिय जनमोर्चा कैलालीले सुरु गरेको संघर्ष र संगठन अभियान अन्तर्गत बुधबार दुगौली र लम्कीमा विरोध सभा सम्पन्न भएको छ । राजमोले प्रतिनिधि सभा पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको विरोध लगायतका विषयमा जिल्लाब्यापी अभियान सञ्चालन गरेको हो । अभियानका क्रममा दुर्गौलीमा भएको कोणसभाको सञ्चालक टेकराज न्यौपानेले गर्नुभएको थियो भने राजमो जिल्ला सचिव जगत जोशीले सम्बोधन गर्नुभएको थियो । यता, लम्कीमा भएको सभाको अध्यक्षता राजबहादुर शाही र सञ्चालन जगत जोशीले गर्नुभएको थियो । कार्यक्रममा राजमोका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज मनोज भट्ट, नेकपा (मसाल) का जिल्ला प्रवक्ता मिलन शाहि, राजमो प्रदेश सदस्य तिलक परियार, जिल्ला अध्यक्ष दयाराम सन्ज्याल, युवक संघका केन्द्रीय सचिव प्रशान्त थापाले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा स्वागत देवमणी न्यौपानेले स्वागत गर्नुभएको थियो । यो पनिः टिकापुरमा राजमोको विरोध सभा राजमाे कैलालीकाे अभियान जारी, भजनी र हसुलियामा विराेध सभा कैलालीमा पार्टी प्रवेश गराउँदै राजमोको एक महिने अभियान सुरु  कैलालीमा पार्टी र जनवर्गीय संगठनको संयुक्त भेला, यस्ता छन् संघर्षका कार्यक्रम

राजमाे कैलालीकाे अभियान जारी, भजनी र हसुलियामा विराेध सभा

धनगढी । राष्ट्रिय जनमोर्चा, कैलालीले आयोजना गरेको एक महिने संगठन र संघर्ष अभियान जिल्लाका विभिन्न स्थानमा जारी राखेको छ । अभियान अन्तरगत आज (सोमबार) कैलालीको भजनीमा कोणसभा सम्पन्न गरेको छ । सभालाई राजमोका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज मनोज भट्ट प्रदेश सदस्य लक्षिराम आचार्य, अखिल (छैठौं) का नेता गणेश नाथ योगीले सम्बोधन गर्नु भएको थियो। लल्ला रानाको अध्यक्षता तथा  जिल्ला अध्यक्ष दयाराम सञ्ज्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी, कैलारी गाउँपालिकाको हसुलिया बजारमा आइतबार कोणसभा सम्पन्न भएको थियो । नेता मनोज भट्ट, तराईमधेश जनवादि मोर्चाका महासचिव राजाराम चौधरी र लक्षिराम आचार्यले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन अखिल नेपाल किसान महासंघ कैलालीका सचिव जय बहादुर बिकले गर्नुभएको थियो । त्यस्तै, जोशिपुरमा भएको कोणसभा मोर्चाका महासचिव राजाराम चौधरी राजमो अध्यक्ष दयाराम संज्यालले गर्नु भएको थियो भने सञ्चालन तिलक परियारले गर्नुभएको थियो । टिकापुरमा साझ मसाल जुलुश गर्ने नेता लक्षीराम आर्चायले जानकारी दिनु भयो । गत पुस २५ गते केलालीमा सम्पन्न राष्ट्रिय जनमोर्चा र सम्बद्ध जनवर्गीय संगठनहरुको संयुक्त भेलाले प्रतिनिधि सभाको पुनर्स्थापना, संघीयता खारेजी, भ्रष्टाचारको विरोध, राष्ट्रियता र गणतन्त्र रक्षाका लागि माघ महिनाभरी संघर्षका कार्यक्रम तय गरेको थियो । घोषित कार्यक्रम अनुसार माघ ३ गतेदेखि १६ गतेसम्म विभिन्न स्थानीय तहमा दैनिक विरोध सभाको आयोजना गरिनेछ भने माघ १६ गते अत्तरियामा विशाल जनसभाको आयोजना गरिनेछ । भेलाले माघ १७ देखि फागुन १ गतेसम्म संगठन निर्माणको योजना बनाएको थियो । राजमोले कार्यक्रमका दौरानमा दैनिक मसाल जुलुशको आयोजना गर्ने राजमो कैलालीले जनाएको छ । यो पनिः कैलालीमा पार्टी प्रवेश गराउँदै राजमोको एक महिने अभियान सुरु  कैलालीमा पार्टी र जनवर्गीय संगठनको संयुक्त भेला, यस्ता छन् संघर्षका कार्यक्रम

कैलालीमा पार्टी प्रवेश गराउँदै राजमोको एक महिने अभियान सुरु

धनगढी । राष्ट्रिय जनमोर्चा, कैलालीले आज (शनिबार) देखि एक महिने संगठन र संघर्ष अभियानको सुरुवात गरेको छ । फूलबारीमा आयोजित एक कार्यक्रमबीच राजमोका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले जिल्ला अध्यक्ष दयाराम सञ्ज्याललाई पार्टीको झण्डा हस्तान्तरण गरी अभियानको उद्घाटन गर्नुभएको हो । त्यस क्रममा नेकपा र नेपाली कांग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्नेहरुलाई नेता भट्टले पार्टीको सदस्यता र अबिर प्रदान गरी स्वागत गर्नुभयो । अभियानसँगै संसद विघटनको विरुद्धमा फूलबारीको पच्चीस घरमा मसाल जुलुस प्रदर्शन गरिएको छ । जुलुसमा राजमो केन्द्रीय सदस्य मनोज भट्टसँगै केन्द्रीय सदस्य एवम् प्रदेश अध्यक्ष नन्दराज भट्ट, अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, राजमो प्रदेश सदस्य लक्षिराम आचार्यलगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । गत पुस २५ गते केलालीमा सम्पन्न राष्ट्रिय जनमोर्चा र सम्बद्ध जनवर्गीय संगठनहरुको संयुक्त भेलाले प्रतिनिधि सभाको पुनर्स्थापना, संघीयता खारेजी, भ्रष्टाचारको विरोध, राष्ट्रियता र गणतन्त्र रक्षाका लागि माघ महिनाभरी संघर्षका कार्यक्रम तय गरेको थियो । घोषित कार्यक्रम अनुसार माघ ३ गतेदेखि १६ गतेसम्म विभिन्न स्थानीय तहमा दैनिक विरोध सभाको आयोजना गरिनेछ भने माघ १६ गते अत्तरियामा विशाल जनसभाको आयोजना गरिनेछ । भेलाले माघ १७ देखि फागुन १ गतेसम्म संगठन निर्माणको योजना बनाएको थियो । राजमोले कार्यक्रमका दौरानमा दैनिक मसाल जुलुशको आयोजना गर्ने राजमो कैलालीले जनाएको छ । यो पनिः कैलालीमा पार्टी र जनवर्गीय संगठनको संयुक्त भेला, यस्ता छन् संघर्षका कार्यक्रम

काठमाडौंको गोंगबुमा राजमोको विरोध सभा हुँदै

काठमाडौं । राष्ट्रिय जनमोर्चा, काठमाडौंले माघ महिनाभरिका लागि तय गरेको संघर्षको कार्यक्रम आज (शनिबार) उद्घाटन हुँदैछ । आज गोंगबुस्थित बिजीमलबाट कार्यक्रमको उद्घाटन गरिनेछ । कार्यक्रमलाई राष्ट्रिय जनमोर्चा र विभिन्न जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्नुहुनेछ भने रक्रिम सांस्कृतिक अभियानका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रतिनिधिसभा पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षता रक्षाको मागसहित संघर्षका कार्यक्रम तय गरेको हो । घोषित कार्यक्रम अनुसार माघ ३ गतेदेखि मसान्तसम्म राजधानीका मुख्य आठवटा स्थानमा जनसभा गरिनेछ भने नगर र वडास्तरमा कोणसभा, पर्चा वितरण, जनभेटघाट लगायतका कार्यक्रम गरिनेछ । ६ गते सामाखुशी, १० गते बसुन्धरा, १६ गते नयाँ बसपार्क, १७ गते कलंकी, २४ गते चाबहिल, २७ गते कोटेश्वर र ३० गते जुलुशसहित रत्नपार्कस्थित शान्तिवाटिकामा जनसभा गरी माघ महिनाको संघर्षका कार्यक्रम समापन गरिनेछ । राजमोले माघ महिनाभर देशभर संघर्ष तथा संगठन निर्माणको अभियान सुरु गर्दैछ । कतिपय जिल्लामा आजैदेखि कार्यक्रम सुरु हुनेछ । आज कैलालीको फूलबारीमा पनि अभियानको उद्घाटन सभा गर्न लागिएको राजमो कैलालीले जनाएको छ ।

प्रचण्डकोको निर्देशनमा 'प्रधानमन्त्री ओलीको षड्यन्त्र' विरुद्ध हस्ताक्षर अभियान

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीमा सत्ता संघर्ष उत्कर्षमा पुगेको समयमा केही केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठक बस्नुपर्ने भन्दै हस्ताक्षर अभियान सुरु गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने षड्यन्त्र गरेको भन्दै ...