झुटा विवरण पेस गरी अनुदान लिनेबाट रकम फिर्ता माग्दै प्राधिकरण

बागलुङ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ बागलुङले अनुदान रकम लिएर घर नबनाउनेहरूको पहिलो किस्ताको रकम फिर्ता मागेको छ। इकाइले सार्वजनिक सूचना जारी गर्दै झुठा विवरण पेश गरेर अनुदान रकम लिएकाहरूबाट पहिलो किस्ताको रकम फिर्ता मागेको हो। विस २०७५ भाद्र २९ गते बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकर...

सम्बन्धित सामग्री

उखु किसानले पाउने ६ करोड अनुदान फिर्ता

चिनी उद्योगहरुले समयमा विवरण नपाठाउँदा असारको अन्तिममा रकम फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय(कोलेनिका), परासीका लेखापाल हरि गौतमले बताउनुभयो ।

उल्टै किसानको पैसा पचाउने कृषि अनुदान कार्यक्रम– न उपकरण हातमा, न रकम फिर्ता !

कैलालीको कैलारी गाउँपालिका– ८ की गीता चौधरीले गत आर्थिक वर्ष २०७७/०७८ मा अनुदानमा पाइने कृषि उपकरणका लागि निवेदन दिएकी थिइन् । सुदूरपश्चिम प्रदेश सरकार मातहतको सुदूरपश्चिम कृषि विकास निर्देशनालयले कृषकहरूलाई अनुदानमा दिइने उपकरणका लागि सूचना जारी गरेपछि उनले स्थानीय एक सहकारीमार्फत प्रस्तावना नै पेश गरेकी थिइन् । श्रमशील महिला कृषि सहकारी संस्था लिमिटेडमार्फत प्रस्तावना हालेकी उनको नाम कृषि विकास निर्देशनालयले रिपर (धान काट्ने मेसिन) पाउनेमा छनोट गर्‍यो । गत असारमै सम्झौता गरेकी उनले ३० हज...

डीएफआईडीले सहयोग रकम फिर्ता लाने

बेलायत सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग डीएफआईडीले नेपाल राष्ट्र बैंकमार्फत वित्तीय क्षेत्र सुधार कार्यक्रमलाई दिँदै आएको अनुदान यसै आर्थिक वर्षदेखि रोक्ने भएको छ । ‘चालू परियोजनामा खर्च हुन नसकेको र डीएफआईडीको नियमअनुसार फिर्ता लगी अन्य कार्यमा लगाउने गरिन्छ,’ नियोगकी नेपाल प्रमुख सराह सान्याहुम्बीले अभियानसँग भनिन् । नेपाल राष्ट बैंकले पाउँदै आएको वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गतको सहयोग आफ्नै अक्षमताका कारण गुुमाएको हो । डीएफआईडीका अनुसार केही वर्षदेखि बैंकको कार्यप्रगति सुस्ताउँदै गएको छ । कार्यक्रमको अवधिभित्रमा दिइएको सहयोग रकमको उपयोग हुने सम्भावना नदेखिएकाले सहयोग रोक्ने निर्णय गर्नुपरेको डीएफआईडीले बताएको छ । डीएफआईडीले विगत सात वर्षदेखि राष्ट्र बैंकलाई सहयोग गर्दै आएको थियो । यसरी सहयोग रोकिएको सूचना सार्वजनिक भएको दुई हप्ताभन्दा बढी भइसकेको छ तर राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अधिकारीहरुले त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । विभागका एक निर्देशकले डीएफआईडीको तर्फबाट यस सम्बन्धमा औपचारिक जानकारी नआएकाले थाहा नभएको बताए । उनका अनुसार डीएफआईडीको औपचारिक पत्र कुरेर बसेको छ । राष्ट्र बैंकका प्रवक्ता गोपाल काफ्ले बैंकको नेतृत्वमा नै समस्या भएकाले सहयोगको सदुपयोग नहुने आशय व्यक्त गर्छन् । काफले भन्छन्, ‘अहिले केन्द्रीय बैंकका कार्यमा शिथिलता आएको र सोचअनुरूप गति लिन सकेको छैन । राजनीतिक हस्तक्षेप र समयमा गभर्नर नियुक्त हुन नसक्नाले पनि त्यसो भएको हुन सकछ । ’ वर्ष ५, अंक ४७, २०६७, साउन १०–१६

चिचिला गाउँपालिकाले भूकम्प पीडितसँग असुलेको १ लाख ३० हजार फिर्ता गर्यो

संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिकाले भूकम्प पीडितसँग रकम असुल्ने प्राविधिकबाट १ लाख ३० हजार रुपैयाँ फिर्ता गराएको छ।भूकम्प पुन:निर्माण लाभग्राहीबाट रकम असुलेका प्राविधिक विजय घर्ती मगर, स्थानीय लक्ष्मण गुरुङ र राजकुमार गुरुङबाट १ लाख ३० हजार रुपैयाँ रकम फिर्ता गराइएको चिचिला गाउँपालिका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट आवास पुनःनिर्माण अनुदान अन्तर्गत आएको रकम गाउँपालिकाका प्राविधिक घर्ती र स्थानीयले मिलेमतो गरी ५ जना लाभग्राहीबाट अ

तनहुँमा ८३ जना भूकम्पपीडित लाभग्राहीले रकम फिर्ता

तनहुँमा भूकम्प पीडित लाभग्राहीमा सूचिकृत भएका ८३ जनाले रकम फिर्ता गरेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लाई स्वेच्छिक रुपमा रकम फिर्ता गरेका हुन् । भूकम्पपीडित लाभग्राहीमा सूचिकृत भई सम्झौता गरी किस्ता पहिलो किस्ता ५० हजार लैजाने ८१ जनाले ४० लाख ५० हजार र पुरै किस्ता लैजाने दुई जनाले जनही तीन लाख गरी छ लाख रुपैयाँ समेत गरेर ४६ लाख ५० हजार रुपियाँ फिर्ता गरेको इकाईका कम्प्युटर अपरेटर सुजन तिवारीले जानकारी दिनुभयो । सरकारले स्वेच्छिक रकम फिर्ता गर्ने व्यवस्था गरे अनुरुप उनीहरुले भवन पुनर्निर्माण नगर्ने भएपछि रकम फिर्ता गरेका हुन् । पहिलो किस्तावापतको रकम लगेपछि दोस्रो किस्ता लिन नआएपछि खोजी शुरु गरि रकम फिर्ता प्रक्रिया अघि बढाउने क्रममा सो रकम फिर्ता आएको तिवारी बताउनुहुन्छ । पुनर्निर्माण गर्न नसक्नाका कारणसहित कार्यालयले तथ्याङ्क सङ्कलन गर्ने कार्य गरिरहेको छ ।

मापदण्ड पूरा नगर्ने २५ भूकम्पपीडितले गरे रकम फिर्ता

गुल्मी : पहिलो किस्ताबापत ५० हजार रुपैयाँ लिएका गुल्मीका २५ जना सेवाग्राहीले पुननिर्माण अन्तर्गतको निजी आवास निर्माण गर्न नसक्ने भन्दै रकम फिर्ता गरेका छन्। राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय गुल्मीकी कम्प्युटर अप्रेटर पार्वती खत्रीले जानकारी ...

झूटो विवरण पेश गरेर लिइएका अनुदान रकम फिर्ता गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्पपीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बधित कार्यालयमा रकम फिर्ता गर्न निर्देशन दिएको छ ।   झुटो विवरण पेश गरेर भूकम्पपीडित अनुदान लिएको भनी ...

घर बनाउन आवश्यक नभएका लाभग्राहीले रकम फिर्ता गरे

निजी आवास निर्माणका लागि अनुदान पाउने सूचिमा नाम समावेश भएका तर घर बनाउन आवश्यक नठान्ने लाभग्राहीले पहिलो किस्तावापत लिएको ५० हजार रुपैयाँ फिर्ता गर्न थालेका छन् । यसै हप्ता मकवानपुरका दुई जना लाभग्राहीले रकम फिर्ता गरेका हुन् । यसरी पहिलो किस्तावापत लिएको रकम सरकारी खातामै फिर्ता गर्ने लाभग्राहीमा इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ का रामशरण…