तनहुँमा ८३ जना भूकम्पपीडित लाभग्राहीले रकम फिर्ता

तनहुँमा भूकम्प पीडित लाभग्राहीमा सूचिकृत भएका ८३ जनाले रकम फिर्ता गरेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लाई स्वेच्छिक रुपमा रकम फिर्ता गरेका हुन् । भूकम्पपीडित लाभग्राहीमा सूचिकृत भई सम्झौता गरी किस्ता पहिलो किस्ता ५० हजार लैजाने ८१ जनाले ४० लाख ५० हजार र पुरै किस्ता लैजाने दुई जनाले जनही तीन लाख गरी छ लाख रुपैयाँ समेत गरेर ४६ लाख ५० हजार रुपियाँ फिर्ता गरेको इकाईका कम्प्युटर अपरेटर सुजन तिवारीले जानकारी दिनुभयो । सरकारले स्वेच्छिक रकम फिर्ता गर्ने व्यवस्था गरे अनुरुप उनीहरुले भवन पुनर्निर्माण नगर्ने भएपछि रकम फिर्ता गरेका हुन् । पहिलो किस्तावापतको रकम लगेपछि दोस्रो किस्ता लिन नआएपछि खोजी शुरु गरि रकम फिर्ता प्रक्रिया अघि बढाउने क्रममा सो रकम फिर्ता आएको तिवारी बताउनुहुन्छ । पुनर्निर्माण गर्न नसक्नाका कारणसहित कार्यालयले तथ्याङ्क सङ्कलन गर्ने कार्य गरिरहेको छ ।

सम्बन्धित सामग्री

प्रभुले गर्‍यो रकम फिर्ता, शाखाका सबै कर्मचारी निलम्बनमा

रुकुमपश्चिमको आठबिसकोटमा रहेको प्रभु बैङ्कका एक कर्मचारीले भूकम्पपीडित र अन्य बचतकर्ताको रकम हिनामिना गरी फरार भएका छन् । प्रभु बैङ्कको आठबिसकोट शाखाका अपरेसन इन्चार्ज निरजविक्रम शाहले रकम अपचलन गरेको पाइएको हो । बैङ्कका कारण रकम अपचलन भएको पाइएपछि बैङ्कले हालसम्म एक करोड ७२ लाख ९८ हजार रुपियाँ फिर्ता गरेको छ । तीमध्ये भूकम्पपीडितको एक करोड पाँच लाख र ग्राहकको ६७ लाख ९८ हजार रुपियाँ रहेको छ । प्रभु बैङ्कले अरू पनि अपचलन भएको हुन सक्ने अनुमान गरी थप छानबिन भइरहेको जनाएको छ ।

लाभग्राहीद्वारा रकम फिर्ता

तनहुँ- जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँमा १० जनाले स्वेच्छिक रूपमा रकम फिर्ता गरेका छन् । भूकम्पपीडित लाभग्राहीमध्ये सम्झौता गरी किस्ता लिएका उनीहरूले रकम फिर्ता गरेका हुन् ।सरकारले स्वेच्छिक रकम फिर्ता गर्ने व्यवस्था गरेअनुरुप उनीहरूले भवन पुनर्निर्माण नगर्ने भएपछि उक्त रकम फिर्ता गरेका जनाइएको छ । नौ जनाले ५० हजारका दरले चार लाख ५० हजार र […]

दुगुनागढीका विस्थापित र सुकुम्वासीले गरे भूकम्पपीडित आवास अनुदान फिर्ता

विदुर आचार्य सिन्धुपाल्चोक :  भोटेकोशी ३ दुगुनागढीका विस्थापित र सुकुम्वासी भूकम्पपीडत अनुदान रकम फिर्ता गरेका छन्। पहिलाे किस्ता लिएपछि घर बनाउन नसकेको १० जना भूकम्पपीडितले आवास निर्माण अनुदान पहिलो किस्ता वापतको पचास हजार फिर्ता गरेका हुन्।  दुगुनागढीका विस्थापीत र सुकुम्वासीहरुले भूकम्पपीडितले ...

झूटो विवरण पेश गरेर लिइएका अनुदान रकम फिर्ता गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्पपीडित अनुदान लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बधित कार्यालयमा रकम फिर्ता गर्न निर्देशन दिएको छ ।   झुटो विवरण पेश गरेर भूकम्पपीडित अनुदान लिएको भनी ...