संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिकाले भूकम्प पीडितसँग रकम असुल्ने प्राविधिकबाट १ लाख ३० हजार रुपैयाँ फिर्ता गराएको छ।भूकम्प पुन:निर्माण लाभग्राहीबाट रकम असुलेका प्राविधिक विजय घर्ती मगर, स्थानीय लक्ष्मण गुरुङ र राजकुमार गुरुङबाट १ लाख ३० हजार रुपैयाँ रकम फिर्ता गराइएको चिचिला गाउँपालिका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट आवास पुनःनिर्माण अनुदान अन्तर्गत आएको रकम गाउँपालिकाका प्राविधिक घर्ती र स्थानीयले मिलेमतो गरी ५ जना लाभग्राहीबाट अ