काठमाडौँ – थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित विशेषज्ञ चिकित्सकले निःशुल्क ओपिडी सेवा सञ्चालन हुने भएको छ। नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर डा सीताराम चौधरीले शनिबार निःशुल्क ओपिडी सेवा दिने भएका हुन्। पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुले डा चौधरीको निःशुल्क ओपिडीबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ। डा […]