म्याद गुज्रेका उपभोग्य सामान नष्ट

सिमकोट – सदरमुकामस्थित सिमकोट बजारमा उपभोगका लागि म्याद गुज्रेका खाद्य पदार्थ भेटिएको छ। बजार अनुगमनका क्रममा अधिकांश पसलमा रहेका दैनिक उपभोग्य सामग्री म्याद गुज्रेको भेटिएको हुँदा नष्ट गरिएको हो। उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयका प्रमुख अभय रेग्मीले बजार अनुगमनमा क्रममा म्याद गुज्रेका सामग्री भेटिएको र ती सामग्री नष्ट गरिएको जानकारी दिए। अनुगमनमा क्रममा २३ […]

सम्बन्धित सामग्री

गाउँमा म्याद गुज्रेका पेयपदार्थ

बलेवा – बागलुङका ग्रामीण बजारका अधिकांश पसलमा म्याद गुज्रेका पेयपदार्थ फेला परेका छन्। जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, बागलुङ नगरपालिका, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय र पर्यटन कार्यालयको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री फेला पारेको हो। अनुगमन टोलीले बागलुङ नगरपालिका–१४ नारायणस्थान र १३ पैँयुपाटाका पसलमा अनुगमन गरेको थियो। व्यवसायीले म्याद गुज्रेका सामग्री […]

सदरमुकाममै म्याद गुज्रेका औषधी बिक्री

गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा म्याद गुज्रेका औषधी वितरण भएको पाइएको छ । गुल्मी जिल्ला अस्पताल अगाडी रहेको सिद्धबाबा मेडिकल हलले म्याद सकिएका औषधी बिक्री गरेको पाइएको हो । मेडिकलले आइतबार हाड भाँचिदा पानीमा भिजाएर प्लास्टर गर्ने ‘Plaster of peris’ म्याद गुज्रेको बेचेको हो । रेसुङ्गा नगरपालिका–०६ का ६५ बर्षिय काँशिराम मरासिनीको खुट्टामा समस्या […] The post सदरमुकाममै म्याद गुज्रेका औषधी बिक्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

म्याद गुज्रेका सिलिन्डर नष्ट गरिँदै

वीरगञ्ज– पर्साको वीरगञ्जस्थित मनोज ग्यास उद्योगले म्याद गुज्रेका सिलिन्डर नष्ट गर्न थालेको छ । सिलिन्डरको हाइड्रोलिक परीक्षण गरी म्याद गुज्रेको सिलिन्डर नष्ट गर्न सुरु गरिएको मनोज ग्यासका सञ्चालक मनोजकुमार दासले जानकारी दिएका छन् । पहिलो चरणमा म्याद गुज्रेको एक हजार २७ वटा सिलिन्डर विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको रोहबरमा जगदम्बा स्टिल प्रालिको सहयोगमा नष्ट गरिएको उनले […]

जुम्लाका अधिकांश पसलमा म्याद गुज्रेका खाद्यवस्तु भेटिए

जिल्ला प्रशासन जुम्लाको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा ८० प्रतिशत खाद्यान्नका पसलमा म्याद गुज्रेका खाद्यवस्तु भेटिएका हुन्।...

जुम्लामा व्यापारीको लापर्वाही, डिलरमै भेटिए अखाद्य वस्तु र म्याद गुज्रेका सामान

जुम्लामा डिलरमै अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान पाइएको छ। जुम्लाका ग्रामीण क्षेत्रका बजार अनुगमनमा धेरै मात्रामा म्याद गुज्रेका सामान भेटिएका थिए। ठूला व्यापारीका डिलरमा अनुगमन गर्दा म्याद गुज्रेका सामान तथा अखाद्य वस्तु फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्ला,उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्ला, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त आयोजनामा भएको बजार अनुगमन भएको हो । अनुगमन समितिले विहिबार रवि जनरल स्टोर र लुम्बिनी टेड्रसको अनुगमन गरेको हो ।

म्याद गुज्रेका औषधि बिक्री गर्ने पाँच औषधि पसलमाथि कारबाही

सहायक प्रजिअ शर्माका अनुसार म्याद गुज्रेका औषधि बिक्री वितरण गरेको, अनुमति लिएभन्दा बढी सेवा प्रवाह गरेको र तोकिए अनुसारका मापदण्ड पूरा नगरेका औषधि पसल कारबाहीमा परेका हुन् ।

दाङमा म्याद गुज्रेका सामान बेच्ने तीन पसललाई कारबाही

दाङ – दाङमा म्याद गुज्रेका सामग्री बिक्री वितरण गर्ने तीन वटा पसल कारबाहीमा परेका छन्। प्रत्येक पसललाई जनही दुई लाख रुपैयाँ जरिवाना गरिएको हो। राप्ती गाउँपालिका–१ भालुवाङमा माँ लक्ष्मी मार्ट, पोख्रेल किराना पसल र रिजाल खाद्य भण्डारबाट लेबल नलागेको खाद्य सामग्री र म्याद गुज्रेको समान फेला परेपछि जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी रानाले […]

म्याद गुज्रेका सामानमा नयाँ मिति टाँसेर बिक्री

काठमाडौं : म्याद गुज्रेका विभिन्न सामानहरूमा नयाँ मिति राखेर बिक्री वितरण गर्ने गिरोहलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।महानगरीय अपराध महाशाखा र वाणिज्य विभागको संयुक्त टोलीले काठमाडौं महानगरपालिका–१५ सानो भर्‍याङस्थित गोदाममा छापा मारेर अभिनास अग्रवाल र महावीर गुज्जरलाई आइतबार पक्राउ गरेको हो।महाशाखाका अनुसार बिभिन्न प्रकारका म्याद गुज्रेका कस्मेटिक्स सामान पुराना मितिलाई उप्काई स्टिकरमा नयाँ मिति राखी बिक्री बितरण भइरहेको भन्ने बिशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा समिट

म्याद गुज्रेका सामानमा नयाँ मिति राख्दै बेच्दै

म्याद गुज्रेका विभिन्न सामानहरूमा नयाँ मिति राखेर बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अभिनास अग्रवाल र महावीर गुज्जर रहेका छन् ।विशेष सूचनाका आधारमा अपराध महाशाखा र वाणिज्य विभागको संयुक्त टोलीले काठमाडौँ सानो भर्‍याङस्थित गोदाममा छापा मारेको थियो । गोदामबाट टोलीले एक करोडभन्दा बढीको मिति गुज्रेका सामानहरु बरामद गरेको छ । बरामद सामग्रीहरुमा कस्मेटिक, एयरफ्रेसनर, स्याम्पू, सरसफाइका सामग्री आदि रहेका छन् । म्याद गुज्रेका सामानमा बिग मार्ट, भाटभटेनी

कमलविनायकका अधिकांश पसलमा म्याद गुज्रेका सामान

९ चैत, काठमाडौँ । भक्तपुर नगरपालिकाले कमलविनायक आवास क्षेत्रमा रहेका पसलहरुमा गरेको अनुगमनमा अधिकांश पसलमा अखाद्य र म्याद गुज्रेका सामानहरु बिक्रीका लागि राखेको पाइएको छ । नगरपालिका अनुगमन समितिका संयोजक वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार भएको बजार अनुगमनमा कमलविनायक आवास क्षेत्रमा २५ वटा पसल अनुगमन गरी दर्ता नभएका आठ वटालाई दर्ता गरिएको र म्याद गुज्रेका […]