काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसर भित्र रहेको केन्द्रीय क्यान्टिनमा म्याद गुज्रेका खाद्यवस्तु फेला परेका छन् । वाणिज्य, आपूर्ति तथा संरक्षण विभागले गरेको निरीक्षणमा केन्द्रीय क्यान्टिनमा खान योग्य नभएका अवधि सकिएका वस्तुहरू फेला परेका छन् । लेबल नै नभएका, मसला, दुग्धजन्य पदार्थ, दुर्गन्धित मासु र तरकारी समेत फेला परेका छन् । निरीक्षण टोलीले […]
तेह्रथुम । तेह्रथुमको छथर शुक्रबारे बजारमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेश न्यौपानेको नेतृत्वमा गरिएको अनुगमनमा म्याद गुज्रेका खाद्यवस्तु छ्यापछ्याप्ती पाइएको हो । बजार अनुगमनको क्रममा ३३ हजार ४ सय ७० रुपैयाँ बराबरको खाद्यवस्तु बरामद गरी जलाइएको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ । बजार क्षेत्रमा रहेका होटेल, मासु […]
काठमाण्डौ – म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरि बिक्री वितरणमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौको बालाजुमा अगत नेपाल भेन्चर प्राली नामको कम्पनीमा म्याद गुज्रेका खाद्यवस्तुमाथि रिलेभलिङ गर्ने कार्यमा संलग्न चन्द्रागिरी नगरपालिकाका ६ का ३१ वर्षीय सुवास खड्कालाई महानगरीय अपराध महाशाखाको टोलिले मंगलबार पक्राउ गरेको हो । खड्का कम्पनीमा सुपरभाइजरको काम गर्दै आएका थिए । प्रहरीका अनुसार कम्पनीका सञ्चालक मोरङका प्रभात देव भने फरार रहेका छन् ।
कम्पनीबाट डाइजेस्टिभ, क्रन्ची, कोकोनट, बटर कुकिज ल...
ग्रामीण बजारमा म्याद गुज्रेका अखाद्य र नक्कली वस्तुको बिक्री बढेको छ । अनुगमन नहुँदा यो क्रम रोकिएको छैन ।स्थानीय प्रशासनको बजार अनुगमन सहर केन्द्रित छ । स्थानीय तहले बजार अनुगमनलाई प्राथमिकतामा राखेको छैन । दुर्गमका उपभोक्ता महँगो मूल्य तिरेर म्याद गुज्रेको, अखाद्य, नक्कली वस्तुको उपभोग गर्न बाध्य छन् ।
म्याद गुज्रेका खाद्यवस्तु पुनः नयाँ मिति राखेर बजारमा पठाउने धन्दामा संलग्नमध्ये दुईजनालाई एक वर्ष कैद सजायसहित जनही तीन/तीन लाख रुपैयाँ जरिवाना तोकिएको छ। अखाद्य वस्तु बिक्री गरी गम्भीर अपराध गरेको भेटिएकाले उनीहरूलाई यस्तो सजाय तोकिएको हो।