नेपालगञ्ज– बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै नौ जनालाई स्पष्टीकरण सोधिएको छ । आचारसंहिताविपरीत चामल बाँडेको, ब्यानर प्रयोग आचारसंहिताविपरीत भएको, तोकिएको भन्दाबढी प्रचार कार्यालय सञ्चालन गरेकोलगायतका विषयमा स्पष्टीकरण सोधिएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खडानन्द अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवार दिवाकर खनाल, वागेश्वरी चौलागाईंसहित […]