काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उजुरी परेपछि आयोगले आज शुक्रवार महामन्त्री शर्मालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । महामन्त्री शर्माविरुद्ध आगलागी पीडितलाई पैसा वितरण गरेको पाइएको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयाेगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताउनुभयो ।
झापा क्षेत्र नम्बर १ का उम्मेदवार विश्वप्रकाश शर्मालाई आयोगले आगलागी पीडित केवल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट मुनिन्द्र...