काउन्सिलबाट सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन–१०५ वटा उल्लंघन

स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता लागू भएको दिनदेखि प्रेस काउन्सिल नेपालले पत्रकार र सञ्चारमाध्यमका सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन गर्दा १०५ वटा मा आचारसंहिता उल्लङ्घन  भएको उल्लेख गरेको छ । उक्त अध्ययनबाट पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै पत्रकार तथा सञ्चारमाध्यमले  कुनै राजनीतिक दलको समर्थन/विरोध नगर्न काउन्सिलले आज एक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको हो । कतिपय अग्रज पत्रकारले समेतले यस्ता अभिव्यक्ति राखेको पाइएकाले पत्रकार आच